रौतहट फागुन ६, २०७८
रौतहटको दुर्गा भगवती गाँउपालिका–२ कर्बोलमा बिहीबार बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  पिप्राबाट सुकदेवचोकतर्फ जाँदै गरेको ना २ त ८६०५ नम्बरको ट्रयाक्टरले बिपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरको मोटरसाईकललाई बिहीबार बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो । 
गम्भीर घाइते भएका मोटरसाईकल चालकको जिल्ला सरकारी अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ ।  दुर्घटना पश्चात ट्रयाक्टर चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय गंगापिपरा रौतहटले जानकारी दिएको छ । 

							    
							    
							    
							    
प्रतिक्रिया लेख्नुहोस्