वीरगंज, २३ माघ ।
प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बाराको दुधौरा खोलामा वर्षाैँदेखि पुल नबन्दा किसानहरूले भोग्दै आएको समस्या अब अन्त्य हुने बताउनु भएको छ ।
बाराको परवानिपुर प्रस्टोका सडक खण्डमा पर्ने बडहर्वाघाटस्थित दुधौरा खोलामा निर्माण गर्न लागिएको पक्की पुलको आज एक समारोहकाबीच शिलान्यास गर्नुहुँदै मन्त्री सोनलले पुल निर्माणपछि बाराका किसानहरूलाई कृषि उपज सहजै परवानिपुर कलैया, प्रसौनी बजारमा लैजान तथा खेती किसानी गर्न समेत सहज हुने बताउनुभयो ।
बाराको परवानीपुर गाउँँपालिकाको वडा नं १ र प्रसौनी गाउँँपालिकाको वडा नं ५ को विचमा पर्ने दुधौरा खोलामा प्रदेश नम्बर २ सरकारले १० करोड १५ लाख ४५ हजार रुपियाँँको लागतमा पक्की पुल निर्माण गर्न लागेको हो ।
शिलान्यास कार्यक्रममा बारा क्षेत्र न४का निवर्तमान सांसद एकबाल मियाँँ, परवानिपुर गाउँँपालिकाका अध्यक्ष हरिनारायण साह,प्रसौनी गाउँँपालिका अध्यक्ष भोला गुप्ता उपाध्यक्ष गिता साह, अनिल राम, आनन्द गुप्ता, प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्रालयका उपसचिव कृष्ण मिश्रलगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्