Menu

आजको मौसम

प्रादेशिक अस्पताल कलैयामा सिडिओको छड्के अनुगमन, सेवा सुधार गर्न निर्देशन

Author
News Feed |
November 06, 2026
Featured

बारा, २० कात्तिक । बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) खडानन्द अधिकारीले कलैयास्थित प्रादेशिक अस्पतालको छड्के अनुगमन गरेका छन्।

अस्पतालको सेवा प्रवाह र व्यवस्थापनलाई लिएर नागरिकस्तरबाट विभिन्न गुनासोहरू बढेपछि प्रजिअ अधिकारीले शुक्रबार अस्पतालमा आकस्मिक छड्के अनुगमन गरेका हुन्।

अनुगमनका क्रममा अस्पतालको सेवालाई थप चुस्त, पारदर्शी र प्रभावकारी बनाउन उनले निर्देशन दिएका छन्। प्रजिअ अधिकारीले अस्पतालमा उपलब्ध जनशक्तिको अधिकतम सदुपयोग गर्न, कर्मचारीहरूको ड्युटी तालिका स्पष्ट देखिने गरी राख्न र सेवा प्रवाहलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिए।

त्यस्तै, अस्पतालमा प्रयोगविहीन रहेका वा बिग्रिएका मेशिनहरूको तत्काल मर्मतसम्भार गर्ने तथा मर्मत नै नहुने अवस्थामा रहेका उपकरणहरू फेर्नका लागि प्रादेशिक मन्त्रालयमा पत्राचार गरी नयाँ व्यवस्था मिलाउन उनले निर्देशन दिएका छन्।

अस्पतालको ल्याब सेवा, एक्सरे तथा अन्य स्वास्थ्य परीक्षणका रिपोर्टहरू समयमै उपलब्ध गराउनुपर्ने र नागरिकले पाउनुपर्ने निःशुल्क औषधिको वितरणलाई थप पारदर्शी बनाउनुपर्ने विषयमा उनले विशेष ध्यानाकर्षण गराएका छन्।

उनले भने, “जनसत्तिको व्यवस्थापन पुगेको छैन भन्न पाइँदैन; भएको उपलब्ध जनसत्तिको अधिकतम सदुपयोग गर्नु पर्छ। ओपिडी सेवालाई नागरिकको सर्वसुलभ र प्रभावकारी बनाउने तथा नागरिकले पाउने निःशुल्क औषधिको आम्दानी र खर्चमा पारदर्शिता देखाउनेगरी उपलब्धता गराउनु पर्छ।”

अनुगमनका क्रममा अस्पतालका मेसु (मेडिकल सुपरिटेंडेंट) लगायत अन्य चिकित्सक र प्रशासनिक कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो। जनताको स्वास्थ्य सेवामा कुनै पनि किसिमको लापरबाही हुन नदिन र सेवाको गुणस्तर सुधार गर्न प्रशासनले निरन्तर अनुगमन गर्ने प्रजिअ अधिकारीले बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3