Menu

आजको मौसम

प्रदेश प्रमुख अहिराजद्वारा सडक दुर्घटनाका घाइतेको उद्धार

Author
Trilok Khabar |
February 23, 2021
Featured

वीरगंज, ११ फागुन । 
पूर्वपश्चिम राजमार्गस्थित बाराको निजगढमा दुर्घटनामा परेर छट्पटाई रहेका स्थानीय एक नागरिकलाई प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले उद्धार गरेका छन।
प्रदेश राजधानी जनकपुरधामबाट बाराको जितपुर गईरहेका प्रमुख अहिराजले दुर्घटनामा परि छट्पटाई रहेका चार जनालाई उद्धार गरी अस्पताल पठाएका हुन। 'जितपुरमा सेनाको एउटा कार्यक्रम थियो त्यसमा सहभागी हुन जाँदै थिएँ,' प्रदेश प्रमुख अहिराजले भने, 'त्यस क्रममा राजमार्गको निजगढको जंगलमा दुर्घटना पछि घाइते भएकाहरू सडक छेउमा छट्पटाई रहेका थिए, त्यसमध्ये एक जना बच्चा पनि थिए उनीहरूलाई तुरून्त उद्धार गरी उपचारका लागि चन्द्रनिगाहापुरस्थित अस्पतालमा पठाएँ।'
आफ्ना लागि नागरिकको सुरक्षा सबैभन्दा महŒवपूर्ण भएको बताउँदै उनले घाइतेसँगै आफ्ना एक सुरक्षाकर्मीसमेत पठाएको बताए । घाइतेको उद्धार र सहयोग गर्न पाउँदा खुशी लागेको छ, उनले भने ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3