Menu

आजको मौसम

पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्न प्रेस सेन्टर, पर्साको माग

Author
Trilok Khabar |
October 17, 2026
Featured
वीरगंज, ३१ असोज । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति पर्साले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै समाचार सम्प्रेषण गरेको विषयलाई लिएर निरन्जन अग्रवालले न्युज खोज तलाश डट कमका संचालक, प्रेस सेन्टर नेपाल, मधेश प्रदेशका सदस्य एवं पत्रकार महासंघ मधेस प्रदेश परिषद सदस्य भरत सरार्फलाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
 
प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति, पर्साका सचिव अजित कुमार भुजेलले जारी गरेको विज्ञप्तिमा समाचारमा चित्त बुझेन भने प्रेस काउन्सिलमा जाने कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै फोन गरेर ज्यान मार्ने धम्की दिनु अन्यन्तै दुःखद्, खेदजनक र भत्सर्नायोग्य विषय भएको जनाएको छ ।
 
पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यक्तिलाई कानूनी कारबाहीको माग गर्दै सञ्चारकर्मीलाई सुरक्षाको पूर्ण प्रत्याभूतिमा जिम्मेवार बन्न राज्यको ध्यानाकर्षण विज्ञप्तिमार्फत सचिव भुजेलले गरेका छन् । 
Uploaded Image

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3