स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

अमलेखगञ्ज – लोथर पाइपलाइनको अध्ययन सम्पन्न

SHARE:

वीरगञ्ज, २३ फागुन  
बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पमाइपलाइन जडान गर्ने कार्यको अध्ययन सम्पन्न भएको छ । यसको प्राविधिक प्रतिवेदन समेत आपूर्ति मन्त्रालयमा  बुझाइएको छ । 
दक्षिण एशियाको पहिलो क्रस बोर्डरको रूपमा रहेको मोतिहारी— अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको सफलतापछि सरकारले सो अध्ययन पुरा गरेको हो । 
अध्ययन टोलीका प्राविधिकले सो पाइपलाइनलाई कसरी अगाडि बढाउने, कति खर्च लाग्ने, निर्माण गर्न कति समय लाग्नेलगायतका कामको प्रतिवेदन मन्त्रालयलाई बुझाइ सकिएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । 
बाराको अमलेखगञ्जदेखि चितवनसम्मको ६९ किलोमिटर लम्बाइ रहेको सो पाइपलाइनको  निर्माण गर्न करीब रू १३ अर्ब खर्च हुने अनुमान गरिएको छ । लोथरमा सो पेट्रोलियपदार्थ भण्डारण गर्न एक लाख किलोलिटर क्षमता भएको अत्याधुनिक पेट्रोल ट्याÍी निर्माण गर्ने बताइएको छ ।  
मोतिहारीदेखि अमलेखगञ्जसम्म सञ्चालनमा रहेका पेट्रोलियम पाइपलाइनमै पाइप जोडेर लोथरसम्म विस्तार गरिने छन् ।  यसको लागि नेपाल तथा भारत सरकारबीचमा कुराकानी भई स्वीकृतिसमेत भइसकेको छ ।  अब प्राबिधिक प्रतिवेदन माथि मन्त्रालयमा छलफल भई काम अगाडि बढ्ने छ ।
नेपाल आयल निगम र भारतीय आयल निगमका संयुक्त कार्यदलले मन्त्रालयमा पेश गरेको अनुमानित लागतवारे टुङ्गो लाग्न सकेको छैन । रू १३ अर्ब खर्च हुने अनुमान गरिएको छ । यसअघि २०७६ भदौ महिनादेखि भारतको मोतिहारीबाट सो पाइपलाइन मार्पmत अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा डिजल ल्याउने गरेकोमा अब एक वर्षभित्र सोही पाइपलाइनमार्पmत पेट्रोल ल्याउने गृहकार्य शुरू भएको निगम प्रदेश २  प्रादेशिक कार्यालयका प्रमुख भरत रेग्मीले जानकारी दिनुभयो ।  
  विगत एक वर्षदेखि भारतको मोतिहारीबाट पाइपलाइनमार्पmत डिजल आइरहेको छ भने अबको एक वर्षभित्र सो पाइपलाईमार्पmत पेट्रोल पनि ल्याउने काम शुरू हुने छ । सो सम्बन्धी काम भारतको मोतिहारीमा सम्पन्न भइसकेको बताइएको छ । भारतीय आयल कर्पाेरेसन लिमिटेडले भारतको मोतिहारीमा भर्टिकल ट्याÍी निर्माण गर्ने काम शुरू गरेको छ ।
अमलेखगञ्जस्थित नेपाल आयल निगमको कार्यालयमा पेट्रोल आपूर्ति गर्नको लागि आवश्यक पर्ने पूर्वाधारको काम अगाडि बढाइएको छ । सो कार्यालय हाताभित्र पश्चिम तर्पm रहेको ६ बिघा क्षेत्रफलमा रहेको खाली जग्गामा आवश्यक काम हुनेछन् । जग्गाको नक्सापास, लागत अनुमान तथा माटो परीक्षणसमेत भइसकेको छ । आयोजना निर्माणको कागजी प्रक्रिया अन्तिम चरणमा पुगेको छ । 
यसपछि बोलपत्र आहवान गरी निर्माण  शुरू गरिने बताइएको छ ।अहिले सो पाइपबाट भारत बिहारको राजधानी पटनामा पम्पिङ गरेर अमलेखगञ्ज डिपोमा डिजल आउने गरेको छ भने मोतिहारीमा पेट्रोल ल्याउने काम सम्पन्न भएपछि त्यहीबाट पम्पिङ गरेर पेट्रोल पनि ल्याइने छन । प्रति घण्टा तीन लाखदेखि ४ लाख लिटरसम्म पेट्रोल आपूर्ति गर्न सकिने छ ।
पाइपलाइनबाट पेट्रोल आपूर्ति हुन थालेपछि ट्याÍरबाट गर्ने ढुवानीमा खर्चको बचत, प्राविधिक नोक्सानीको अन्त्य, शुद्धता कायम, चुहावट र मिसावट अन्त्य हुनेछ । साथै प्रदूषण तथा वातावरणमा हुने क्षतिको अन्त्य  तथा भन्सार नाकामा हुने ट्याÍरको चापसमेत अन्त्य र पेट्रोलको अभाव पनि अन्त्य हुने निगमका प्रादेशिक प्रमुख रेग्मीले बताउनुभयो । 
 मोतिहारीदेखि रकसौल–अमलेखगञ्जसम्म नेपाल भारत अन्तदेशीय पेट्रोलियम पाइपलाइनबाट अहिले डिजेल आउने गरेको छ । नेपालको लाइफलाइनको रूपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७०.२ किलोमिटर लम्वाइको सो पाइपलाइनबाट पेट्रोल ल्याउने सम्पूर्ण काम पूरा भएपछि प्राविधिक जाँच गरी एक वर्षभित्रै सञ्चालनमा आउने छ । 
अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार भई सञ्चालनमा आएपछि  पश्चिमी तथा उत्तरी नेपालमा पेट्रोलियम पदार्थको अभाव समाप्त भएर जाने विश्वास निगमले लिएको छ । पाइपलाइन सञ्चलनमा आएपछि निगमलाई वार्षिक  रू ढेड अर्ब  बचत हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: अमलेखगञ्ज – लोथर पाइपलाइनको अध्ययन सम्पन्न
अमलेखगञ्ज – लोथर पाइपलाइनको अध्ययन सम्पन्न
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhb0uR-9tiRdwus5hyRAlereBnROKsvGQkcHUyDWmSAGP2ptXp_qqJo6kcahJqA0ztSxnwd1yGfr99P59CeqpZ1VWvxeX134iOli5Etg0u6GdR1ajN2H0_8jYX50sGVwB7o1W2CCTiB4fG6/s320/Petrolium-Pipeline-778340.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhb0uR-9tiRdwus5hyRAlereBnROKsvGQkcHUyDWmSAGP2ptXp_qqJo6kcahJqA0ztSxnwd1yGfr99P59CeqpZ1VWvxeX134iOli5Etg0u6GdR1ajN2H0_8jYX50sGVwB7o1W2CCTiB4fG6/s72-c/Petrolium-Pipeline-778340.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/03/blog-post_20.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/03/blog-post_20.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content