Menu

आजको मौसम

वीरगंजमा प्रहरीद्वारा दुई दर्जन भिखारी नियन्त्रणमा लिई सीमा कटाइयो

Author
Trilok Khabar |
October 28, 2021
Featured

वीरगंज । चाडबाड भित्रिने क्रमसँगै वीरगंजमा भारतीय भिखारीहरूको आतङ्क बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्ने अभियान पर्सा प्रहरीले शुरु गरेको छ । 

खुला सीमाको कारण छठ पर्व शुरु नहुँदै वीरगंज बजारमा छठ पर्वको लागि भन्दै पेसेवर भिख माग्नेहरूले बजारमा सर्वसाधारणलाई दुःख दिन थालेपछि प्रहरीले भिखारी नियन्त्रणका लागि अभियान नै चलाउनु परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताउनुभयो । 

बुधवार वीरगंज बजारको माईस्थान, आदर्शनगर, घण्टाघर, बिर्ता चोक, बसपार्क लगायतका स्थानमा स–साना नाबालक च्यापेर छठ पर्वको नाममा भिख माग्ने बहानामा बजारमा आएका सर्वसाधारण तथा पसल पसलमा पुगेर व्यवसायिहरुलाई भारतीय पेशेवर भिख माग्नेहरूले दुःख दिन थालेपछि १३ जनालाई समातेर नेपालको सीमा पारी पुर्‍याएर आइन्दा नआउने सर्तमा छाडिएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो । 

विशेष गरी भिख माग्नेहरूले बालबालिकाको प्रयोग गर्ने र सडकमा हिडने यात्रु तथा सर्वसाधारणको खुट्टा ढोग्ने, समाउने, र पैसा नदिए बीच सडकमै बदनाम गर्ने जस्ता गतिविधि बढेपछि भिख माग्ने भारतीय नागरिकलाई नियन्त्रणमा लिनु परेको पाण्डेले बताउनुभयो । 

चाडबाडको बेला वीरगंजमा भारतबाट आउने पेशेवर भिखारीहरूले बजार क्षेत्रमा सर्वसाधारण तथा व्यवसायीलाई बर्षौ देखि हैरानी दिँदै आएका छन् । 

यस तर्फ प्रहरी प्रशासनले विगतमा कुनै कदम नचाल्दा भिखारीको दबदबा बीरगंजमा बढ्दै गएको थियो । 

भिखारी नियन्त्रणमा लिने अभियान अन्तरगत आज पनि एक दर्जन भन्दा बढी भारतीय महिला तथा बालबालिकालाई नियन्त्रणमा लिएर सीमा पार गराइएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनुभयो । 



https://ift.tt/3nHUe7g

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3