Menu

आजको मौसम

पर्सामा चार महिनामा ६२ जना फरार अभियुक्त पक्राउ

Author
Trilok Khabar |
November 25, 2021
Featured

बीरगंज । विगत चार महिनायता पर्सा प्रहरीले विभिन्न मुद्दामा फरार ६२ जना अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ । 
अदालत बुझाए लगतै अभियुक्तहरूलाई सजाय भुक्तानका लागि बीरगंज कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओम प्रकाश खनालले बताउनुभयो । 

चार महिनाको अवधिमा अदालत पर्साबाट विभिन्न समयमा सजाय फैसला भई फरार रहेका ६२ जना अभियुक्तलाई बारा, पर्सालगायत भारतमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरिएको हो । 

प्रहरीले गएको साउनदेखि आजसम्म फरार ६२ जना अभियुक्तलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता खनालले बताउनुभयो । 

पर्सा प्रहरीले साउनमा ५ जना, भदौमा २३ जना, असोजमा १९ जना र कार्तिकमा १५ जना फरार अभियुक्तलाई पक्राउ गरेको थियो । 

उनीहरूबाट १ करोड ७८ लाख ४७ हजार रुपैयाँ जरिवाना असुल समेत गरिएको छ ।

पर्सामा अन्य फरार अभियुक्तहरूको समेत खोजी भई रहेको प्रहरी प्रवक्ता खनालले बताउनुभयो । 

गत आर्थिक वर्षमा पर्सा प्रहरीले ८० जना फरार अभियुक्तलाई पक्राउ गरेको थियो ।  



https://ift.tt/3DRNsm9

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3