Menu

आजको मौसम

नेपालकै पहिलो कन्या माविको जीर्णोद्धार सम्पन्न

Author
Trilok Khabar |
December 15, 2021
Featured

वीरगंज  । बीरगंज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले शैक्षिक क्षेत्रमा विशेष योगदान पुर्‍याएको देशकै पहिलो कन्या माविलाई आर्थिक तथा भौतिक रुपमा सम्पन्न गराउने अभियानमा महानगरपालिका जुटेको बताउनुभएको छ । 

मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको कन्या माविको भवनको महानगरपालिकाले ५० लाखको लागतमा जीर्णोद्धार सम्पन्न गरेको छ । 

जिर्णोद्वारपछि आज आयोजित एक कार्यक्रमका भवनको उद्घाटन गर्दै  नगरप्रमुख सरावगीले नेपालकै पहिलो कन्या माविको रुपमा स्थापित विद्यालयलाई गुणस्तरीय र आधुनिकीकरण गर्दै महानगरपालिका अगाडी बढ्ने दाबी गर्नुभयो । 

कार्यक्रममा वीरगंजका उद्योगपति, व्यवसायी, विद्यालय सञ्चालक समितिका पदाधिकारी, शिक्षक, विद्यार्थीहरूको सहभागिता रहेको थियो । 

यसैगरी,  नगरप्रमुख सरावगीले आज एक कार्यक्रमका बीच महानगरपालिकाबाट पाउने तलब भत्ताबाट स्थापित मेयर कल्याणकारी कोषबाट दुई जना छात्रालाई छात्रवृत्ति समेत प्रदान गर्नुभएको छ ।

उहाँले आर्थिक अवस्था कमजोर भएका नेशनल इन्फोटेक सेकेण्डरी स्कुलमा अध्ययनरत दुई जना छात्राहरूलाई पठन पाठनमा टेवा पुर्‍याउने उद्देश्यले १ लाख २३ हजार ७ सय ५६ रुपैयाँ बराबरको चेक हस्तान्तरण समेत गर्नुभएको छ ।   



https://ift.tt/3oX4aLW

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3