
बीरगंज । मौसम सुध्रिँदै गएपछि पर्साको छिपहरमाई गाउँपालिकाले विद्यालयहरूको बन्द फिर्ता लिँदै पठनपाठन पुनः सुरु गरेको छ ।
गाउँपालिका कार्यालयले एउटा सूचना जारी गरी मौसम अनुकूल हुँदै गएपछि विद्यालयको पठनपाठन आजदेखि पुनः सुरु गरिएको जनाएको छ ।
विद्यालयहरू अत्यधिक जाडो र सितलहरका कारण बन्द रहने भनिएको भएता पनि मौसम अनुकूल हुँदै गएकोले मिति आजदेखि विद्यालयको पठनपाठन नियमित रूपले सञ्चालन भएको गाउँपालिकाले जनाएको छ ।
एक साता अगाडिदेखि बढेको चिसो र शितलहरका कारण पर्साका विभिन्न स्थानीय तहले विद्यालय बन्द गरेका थिए ।
यद्यपि, बुधवारदेखि मौसममा सुधार आएसँगै बन्द विद्यालयहरू पनि खुलेका छन् ।
https://ift.tt/34syS7O
प्रतिक्रिया लेख्नुहोस्