Menu

आजको मौसम

जनताको इच्छा तथा आकाङ्क्षा पुरा गर्नु सबै तहका सरकारको समान दायित्व : मुख्यमन्त्री राउत

Author
Trilok Khabar |
February 19, 2022
Featured

जनकपुरधाम  । ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधाममा आज विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइएको छ । 

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रजातन्त्र दिवसका आयोजना गरिएको झन्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जनताको चाहना तथा इच्छाको परिपूर्ति नै प्रजातन्त्र दिवसको सार्थकता हुने भएकाले यसतर्फ प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । 

उहाँले मुलुक तथा जनताको चाहना पुरा गर्नका लागि हामी सबै मिल्नुको विकल्प नभएको बताउँदै प्रदेश तथा देशबाँसीको चाहना पुरा गर्नका लागि थप क्रियाशील भएर सबै तहका सरकारले काम गर्न आवश्यक भएको बताउनुभयो । 

मुख्यमन्त्री राउतले चार वटा गठबन्धनको सरकार भए पनि चार वर्षको अवधिमा प्रदेश सरकारले तुलनात्मक रुपमा धेरै काम गरेको दाबी गर्नुहुँदै यस अवधिमा प्रदेशको नाम र स्थायी राजधानी तय हुनु ठूलो उपलब्धि रहेको बताउनुभयो ।

उहाँले अहिलेको सङ्घीयताका कारणले जनतालाई अधिकारप्रति थप सजग बनाउने काम गरेको भन्नुहुँदै अब जनताको इच्छा तथा आकाङ्क्षा पुरा गर्नु सबै तहका सरकारको समान दायित्व भएको बताउनुभयो । 

मुख्यमन्त्री राउतले अहिले पनि शासकीय प्रवृत्तिमा पुरानै सोच भएका कारणले प्रदेश सरकारले गर्न चाहेका कतिपय प्रदेशवासीको चाहना अनुसारको काम गर्न नसकेकोमा दुःख व्यक्त गर्दै अगामी दिनमा थप सक्रियताको साथ काम गर्ने बताउनुभयो । 

प्रदेश नंं २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश नंं २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले झन्डोत्तोलन गर्नुभएको थियो । 



https://ift.tt/7V0qLWb

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3