माधुरी महतो
वीरगन्ज,०४ साउन : हरेक स्थानीय तहले असार १० भित्रै नयाँ आर्थिक वर्षका लागि नीति , कार्यक्रम तथा बजेट प्रस्तुत गरेर असार ममसान्त भित्रै गाँउ÷नगरसभाबाट पारित गरि सक्नु पर्ने संवैधानिक प्रावधान छ ।
तर मधेस प्रदेशका ६० भन्दा बढि गरि देशभरका दुई सय भन्दा बढी स्थानीय तहले साउन लागि सक्दा पनि बजेट पेस गर्न सकेका छैनन् ।नयाँ आर्थिक वर्ष सुरु भइसके पनि स्थानीय तहहरुले अझै बजेट पेश गर्न नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
स्थानीय तहहरुले समयमा बजेट पेश नगर्दा समयमै बजेट रकम खर्च गर्न नपाउने नियम रहेकोले त्यसले विकास निर्माण लगायत अन्य क्षेत्रमा नकारात्मक असर पार्ने देखीन्छ ।बजेट पेश गरेर पास नगरे सम्म स्थानीय तहले चालु आर्थिक वर्षमा रकम खर्च गर्न नपाउने थाहा हुँदा हुँदै पनि हालसम्म पनि देशरीबाट केही पालिकाले बजेट पास गर्न वा बजेट पेस गर्न नसकेको अवस्था छ ।
बजेट पेश गर्न नसकेको मध्येको एक स्थानीय तह पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष वशिष्ठ कुमार भन्छन् .,“पालिकामा भएका सबै जनप्रतीनीधीले आ आफ्नै भागभण्डा खाजेको कारण बजेट पेश हुन सकेको छै्रन । तर छिट्टै हामीले बजेट सर्वसम्मत रुपमा पास गराएर कार्यहरु अगाडी बढाउने प्रयासमा छौँ । ”
मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८÷७९ मा ५०.९१ प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ । यसरी समयमा बजेट पेश गर्न नसके अर्थसंग जोडीएका कुनै पनि विकासका काम समयमा गर्न नसक्दा धेरै रकम फ्रिज पनि हुने गरेको वीरगन्जका अर्थ विद डाक्टर दिपेन्द्र चौधरी बताउँछन् ।
उनले जनप्रतीनीधी विच भागभण्डा नमिल्नुका कारण बजेट पास ढिलो गरी हुनु र बजेट पास ढिलो गरी हुँदा बजेट पनि ढिलो गरी नै चलाउन पाउँदा अधिकाशं स्थानीय तहले असारे विकास बाहेकको समयमा विकास गर्न नसकेको टिप्पणी गरे ।
समाचारहरुमा प्राय आर्थिक वर्ष सकिन लाग्दा आधा जति बजेट काम गर्न नसकि फ्रिज भएको भन्ने खबर आउने गरेकोमा बजेट ढिलो गरी पेश गर्नु नै मुख्य कारण रहेको उनको भनाई छ ।स्थानीय तहले समयमा बजेट पेश गर्न सके जनता र अन्य विकासका लागि राम्रो हुने उनले बताए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हाल सम्म ७५३ मध्ये ५ सय जति स्थानीय तहले आर्थिक वर्ष २०७९÷८० को बजेट पेश गरेका छन्। तर हालसम्म बजेट पेश नगर्नेमा सबै भन्दा बढी मधेश प्रदेशका ६० वटा भन्दा बढी स्थानीय तह रहेका छन् ।
The post भागबण्डा नमिल्दा मधेसका ६० भन्दा बढि पालिकाले बजेट ल्याउन सकेनन् appeared first on Madhes Khabar.
प्रतिक्रिया लेख्नुहोस्