Menu

आजको मौसम

अभिनेत्री शिल्पा शेट्टीद्वारा पशुपतिनाथ दर्शन

Author
News Desk |
July 31, 2026
Featured

काठमाडौँ । बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छन्। उनी एक कार्यक्रममा सहभागी हुन शुक्रबार नेपाल आएकी हुन्।

भारतको अग्रणी इभेन्ट तथा वेडिङ उद्योगको संस्थाले पहिलो पटक नेपालमा आयोजना गरेको १३औँ ‘ईएमए एस ग्लोबल कन्भेन्सन एन्ड अवार्ड २०२६’ मा सहभागी हुन उनी काठमाडौँ आएकी हुन्।
साउन १५ देखि १७ गतेसम्म द सोल्टी काठमाडौँमा सञ्चालन हुने सम्मेलनमा भारतसहित सात देशका करिब ५५० जना इभेन्ट व्यवस्थापक, वेडिङ प्लानर, पर्यटन व्यवसायी, लगानीकर्ता तथा आतिथ्य क्षेत्रका प्रतिनिधिहरू सहभागी भइरहेका छन्।
शिल्पा शेट्टीको सहभागिताले सम्मेलनलाई अन्तर्राष्ट्रिय आकर्षण थप्ने विश्वास आयोजकले लिएको छ। सम्मेलनमार्फत नेपाललाई लक्जरी वेडिङ, अन्तर्राष्ट्रिय सम्मेलन, कर्पोरेट इभेन्ट र प्रोत्साहन भ्रमणका लागि उपयुक्त गन्तव्यका रूपमा विश्व बजारमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

सम्मेलनका सहभागीहरूले काठमाडौँसँगै पोखरा, चितवन र जनकपुरको पनि भ्रमण गर्नेछन्। यसबाट नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, धार्मिक पर्यटन, स्तरीय होटल तथा आतिथ्य सेवाको प्रत्यक्ष अनुभव अन्तर्राष्ट्रिय इभेन्ट उद्योगका निर्णयकर्ताहरूले गर्नेछन्। यसले भविष्यमा नेपालमा ठूला अन्तर्राष्ट्रिय कार्यक्रम तथा गन्तव्य विवाह आयोजना हुने सम्भावना बढाउने अपेक्षा गरिएको छ।

सम्मेलनमा शिल्पा शेट्टीका साथै बलिउड अभिनेता शक्ति कपूर, विक्रान्त मेसी तथा नेपाली अभिनेत्री मनीषा कोइरालाको पनि सहभागिता रहनेछ। मनोरञ्जन क्षेत्रका यी चर्चित व्यक्तित्वहरूको उपस्थितिले नेपालमा भइरहेको सम्मेलनलाई थप अन्तर्राष्ट्रिय चर्चा दिलाउने अपेक्षा गरिएको छ।

पर्यटन व्यवसायीहरूका अनुसार यस्ता सम्मेलनले तत्काल होटल, ट्राभल, इभेन्ट व्यवस्थापन, यातायात र अन्य सेवा क्षेत्रमा आर्थिक गतिविधि बढाउनुका साथै दीर्घकालमा नेपाललाई अन्तर्राष्ट्रिय माइस तथा डेस्टिनेशन वेडिङ बजारको प्रतिस्पर्धी गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3