Menu

आजको मौसम

पूर्वी मधेशमा सुरक्षा सतर्कता बढ्यो : कर्फ्यु , बन्द , परीक्षा र पठनपाठन प्रभावित

Author
News Desk |
July 31, 2026
Featured

जनकपुर/राजविराज/मलंगवा/गौर १५ —

सुनसरीसहित पूर्वी तराई–मधेशका विभिन्न जिल्लामा भएका घटनापछि सुरक्षा सतर्कता बढाइएको छ। आन्दोलन, बन्द र सम्भावित तनावका कारण सप्तरीमा कर्फ्यु आदेश जारी गरिएको छ भने त्रिभुवन विश्वविद्यालयले मधेशका ११ परीक्षा केन्द्रमा एमबीएस परीक्षा स्थगित गरेको छ। धनुषाका निजी विद्यालयहरूले पनि शुक्रबारदेखि पठनपाठन बन्द गरेका छन्।

सप्तरीको राजविराज क्षेत्रमा शुक्रबार बिहान ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लागू गरिएको छ। यसअघि बोदे बरसाइन क्षेत्रमा पनि कर्फ्यु जारी भइसकेको छ। यस्तै, सुनसरी घटनाको विरोधमा हिन्दु सम्राट सेनाले आह्वान गरेको बन्दका कारण सर्लाहीको मलंगवासहित विभिन्न बजार प्रभावित भएका छन्। प्रदर्शनका क्रममा केही स्थानमा टायर बालिएको तथा बरहथवाबाट चार र मलंगवासहित कुल सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

उता, रौतहटमा बसेको सर्वदलीय बैठकले धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै कुनै पनि साम्प्रदायिक गतिविधिलाई प्रश्रय नदिने प्रतिबद्धता जनाएको छ।

यसैबीच, असहज सुरक्षा अवस्थालाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयले जनकपुर, मलंगवा, लालबन्दी, सिरहा, लहान, राजविराज, कञ्चनपुर, चन्द्रनिगाहपुर, गौर, सिमरा र वीरगञ्जका परीक्षा केन्द्रमा एमबीएस परीक्षा अर्को सूचना नभएसम्म स्थगित गरेको छ। धनुषाका निजी विद्यालयहरूको छाता संगठनहरूले पनि सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै शुक्रबारदेखि पठनपाठन स्थगित गर्ने निर्णय गरेका छन्। परिस्थिति सामान्य भए साउन १८ गतेदेखि विद्यालय सञ्चालन गर्ने जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3