Menu

आजको मौसम

वीरगंजमा फेरि निषेधाज्ञा जारि

Author
News Desk |
July 31, 2026
Featured

पर्सा, साउन १५ —

साम्प्रदायिक द्वन्द्व फैलनबाट रोक्न जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाको मुख्य क्षेत्रमा फेरि निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार साउन १५ गते साँझ ५:०० बजेदेखि साउन १६ गते बिहान ६:०० बजेसम्म वीरगञ्ज महानगरपालिकाको तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम जारी गरिएको आदेश उल्लङ्घन गर्नेलाई कानुनबमोजिम नियन्त्रणमा लिई कारबाही गरिने प्रशासनले जनाएको छ।

निषेधाज्ञा लागू गरिएको क्षेत्र:
पूर्व: प्रतिमा चोक–बसपार्क बाइपास रोड
पश्चिम: तिलावे पुल
उत्तर: गण्डक चोक
दक्षिण: शंकराचार्य गेट

हिजो साझ ५ बजे लागेको निषेधाज्ञा आज बिहान ६ बजे हटेको थियो तर अवस्था सामान्य नभएपछि निषेधाज्ञा फेरि जारी भएको हो ।

प्रशासनले सर्वसाधारणलाई शान्ति–सुरक्षा कायम राख्न आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3