
पर्सा , साउन १४ —
पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले सुनसरीमा भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सबै नेपालीलाई संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।
निर्मल निवासबाट जारी सन्देशमा उनले सुनसरीमा भएको विवादका कारण जनधनको क्षति हुनु दुःखद भएको उल्लेख गर्दै यसले कोशी क्षेत्र तथा तराईका अन्य जिल्लामा समेत असर पारेको बताएका छन्।
नेपालको शक्ति नै बहुजातीय, बहुभाषिक र बहुधार्मिक एकतामा रहेको उल्लेख गर्दै पूर्वराजा शाहले कुनै पनि घटनाले नेपालीबीचको भाइचारा र सामाजिक सद्भाव खलबल्याउन नहुने बताएका छन्।
उनले सबै नेपालीलाई शान्ति, सहिष्णुता र आपसी विश्वास कायम राख्दै मिलेर अघि बढ्न आग्रह गरेका छन्।