Menu

आजको मौसम

पचरौतामा एमालेलाई ठूलो झटका जिल्ला सचिवालय सदस्य सुरेश यादव जसपामा प्रवेश

Author
Trilok Khabar |
October 28, 2025
Featured

बारा,कार्तिक ११, बाराको पचरौतामा एमालेलाई ठूलो झटका लागेको छ। 

पचरौता न•पा वार्ड नं ५ स्थित जसपा नेपालको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा एमालेका जिल्ला सचिवालय सदस्य सुरेश यादव लगाएत  विभिन्न वार्डका नेपाली कांग्रेस ,एमाले,लोजपा लगाएत पार्टी  प्रत्याग गरि सयौंको संख्यामा  जसपा नेपालमा प्रवेश गरेका हुन। 

जसपा नेपालको राष्ट्रिय अघ्यक्ष उपेन्द्र यादवको प्रमुख अातिथ्य र नगर प्रमुख कुशेश्वर साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिहरू मधेस प्रदेशका पुर्व मुख्यमन्त्री सरोज कुमार यादव, के• सदस्य रामकिशोर यादव, रामबाबु यादव, प्रदेश सांसद बाच्चा राउत अहिर,शारदा शंकर साह,पुर्व राज्य मन्त्री उषा देवी यादव,पुर्व नगर प्रमुख रमेशकुमार यादव,समाजवादी महिला संघकी के•कोषाध्यक्ष प्रमिला गिरी लगाएतका व्यक्तिहरूको उपस्थिति रहेको थियो। 

कार्यक्रम बोल्दै उपेन्द्र यादवले भने ३५ वर्ष देखि कांग्रेस र एमाले अालो पालो गरि सरकारको नेतृत्व गरि ब्रह्मलुट मचाए।

३५ वर्षमा शिक्षा र स्वास्थ्यको स्थिति ध्वस्त बनायो , त्यसको फल स्वरूप लाखौं नेपाली युवाहरू विदेश पलायन भए।कार्यक्रममा नव प्रवेशी सुरेश यादवले नगर प्रमुख जलन्धर सिहले नगरपालिका भित्र अाफ्नो नाता गोतामा पर्ने व्यक्तिलाई  बोलाई विभिन्न पोष्टमा दरबन्दी गरि ब्रह्मलुट मचाएको बताए। कार्यक्रमको शुभकामना मन्तव्य रामबालक यादवले राखेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3