Menu

आजको मौसम

नारायणी अस्पताल घटना : ‘निष्पक्ष छानबिन होस्, स्वास्थ्य सेवा सञ्चालन हुनु सकारात्मक’

Author
News Desk |
July 31, 2026
Featured

पर्सा, साउन १५ —

नारायणी अस्पतालमा पटक–पटक देखिएको लापरवाहीका कारण नागरिकले ज्यान गुमाउनुपरेको भन्दै आफूहरूले लामो समयदेखि आवाज उठाउँदै आएको बताउँदै एक वडाध्यक्षले पछिल्लो घटनामा पीडित परिवारको पक्षमा उभिनु आफ्नो जिम्मेवारी भएको बताएका छन्।

उनले आफ्नो वडाका एक नागरिकको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको दाबी गर्दै घटनापछि पीडित परिवारको पक्षमा उभिएको उल्लेख गरेका छन्। घटनाका क्रममा केही चिकित्सकमाथि दुर्व्यवहार र कुटपिट भएको विषयलाई पनि गम्भीर रूपमा लिएको बताउँदै त्यसको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन्।

देशभर चिकित्सकहरूको आन्दोलनका कारण स्वास्थ्य सेवा प्रभावित भएपछि नैतिक जिम्मेवारी बहन गर्दै आफू स्वयं प्रहरीसमक्ष उपस्थित भएको र घटनाको निष्पक्ष अनुसन्धानको माग गरेको उनले बताएका छन्।

स्वास्थ्य सेवा पुनः सञ्चालन भएकोप्रति राहत व्यक्त गर्दै उनले सम्बन्धित सबै पक्षलाई धन्यवाद दिएका छन्। साथै, कठिन समयमा साथ दिएका पूर्वमन्त्री, वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख, सबै वडाध्यक्ष, गाउँवासी, साथीभाइ तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।

उनले राज्य, समाज र जनताको हितका लागि आवश्यक परे आफ्नो व्यक्तिगत स्वार्थ मात्र होइन, जीवनसमेत त्याग गर्न तयार रहेको उल्लेख गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3