Menu

आजको मौसम

सामाजिक सद्भाव कायम राख्न पत्रकार महासंघ पर्साको अपिल

Author
News Desk |
July 31, 2026
Featured

वीरगंज, साउन १६ —

नेपाल पत्रकार महासंघ पर्सा शाखाले सुनसरी घटनापछि देशका विभिन्न स्थानमा विकसित भइरहेका पछिल्ला घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शनिबार जारी प्रेस विज्ञप्तिमा महासंघले यस्ता संवेदनशील परिस्थितिमा सञ्चारकर्मी तथा सञ्चारमाध्यमले सत्य, तथ्य र आधिकारिक स्रोतमा आधारित समाचार मात्रै सम्प्रेषण गर्न आग्रह गरेको छ। सामाजिक सञ्जालमा फैलाइने अपुष्ट सूचना, भ्रामक सामग्री तथा पुराना तस्बिर वा भिडियोलाई नयाँ घटनासँग जोडेर प्रचार–प्रसार नगर्न पनि महासंघले अनुरोध गरेको छ।

महासंघले हिंसा, द्वेष र सामाजिक सद्भावमा खलल पुर्‍याउने सामग्रीको प्रसारण नगरी पत्रकारिताको आचारसंहिता, निष्पक्षता र व्यावसायिक मर्यादालाई उच्च प्राथमिकतामा राख्न सञ्चारकर्मीलाई आग्रह गरेको छ।

विज्ञप्तिमार्फत महासंघले वर्तमान परिस्थितिको समाधान बल प्रयोग, उत्तेजना वा अफवाहबाट नभई संवाद, सहिष्णुता, कानुनी प्रक्रिया र आपसी समझदारीबाट खोज्नुपर्नेमा जोड दिएको छ। साथै शान्ति, सामाजिक सद्भाव र कानुनी शासन कायम राख्न सरकार, स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिकलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3