Menu

आजको मौसम

वीरगंजमा निषेधाज्ञा जारी

Author
News Desk |
July 30, 2026
Featured

वीरगंज, साउन १४ —

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिका क्षेत्रभित्र पाँच घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार बिहीबार साँझ ५:०० बजेदेखि शुक्रबार बिहान ६ :०० बजेसम्म वीरगंज महानगरपालिकाको तोकिएको क्षेत्रमा पाँच वा पाँचभन्दा बढी व्यक्तिको भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३)(क) बमोजिम जारी आदेशको उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।

निषेधाज्ञा लागू गरिएको क्षेत्रको सीमा यसप्रकार छः

पूर्व: प्रतीमा चोक–बाइपास रोड
पश्चिम: तिलावे पुल
उत्तर: गण्डक चोक
दक्षिण: शंकराचार्य गेट

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सम्भावित सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3