Menu

आजको मौसम

पर्वतारोही निम्स दाइको अन्तिम भ्वाइस सन्देश सार्वजनिक

Author
News Desk |
July 31, 2026
Featured

पाकिस्तान – काराकोरम हिमशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रड पिकमा गएको हिमपहिरोपछि सम्पर्कविहीन भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) ले दुर्घटनाभन्दा केही घण्टाअघि भारतीय सञ्चारमाध्यम एनडीटीभी का पत्रकारलाई पठाएको अन्तिम भ्वाइस सन्देश सार्वजनिक भएको छ।

बुधबार साँझ क्याम्प–२ बाट पठाइएको उक्त सन्देशमा पुर्जाले आफू विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये ५८औँ सफल आरोहण गर्ने अभियानमा रहेको जानकारी दिएका थिए।

उनले भ्वाइस सन्देशमा भनेका थिए, “अहिले म ब्रड पिकको क्याम्प–२ मा छु। म अहिले ८ हजार मिटरभन्दा अग्ला हिमालको ५८औँ सफल आरोहणको लक्ष्यमा छु। मौसमको जानकारी लिन इन्टरनेट खोलेको थिएँ, त्यही बेला तपाईंको सन्देश पनि आयो।”

एनडीटीभीका अनुसार पत्रकारले केही सातापछि आयोजना हुने कार्यक्रममा निमन्त्रणा दिन सम्पर्क गरेका थिए। त्यसक्रममा पुर्जाले “शिखर चढेपछि फेरि सम्पर्क गर्छु। कुनै जानकारी भए सन्देश छाडिदिनुहोस्, मेरो तालिका हेर्ने भिकीसँग पनि समन्वय गर्न सक्नुहुन्छ,” भन्दै संवाद टुंग्याएका थिए।

तर उक्त सन्देश पठाएको करिब १४ घण्टापछि ब्रड पिकको क्याम्प–२ र क्याम्प–३ बीचको पश्चिमी रिज क्षेत्रमा शक्तिशाली हिमपहिरो गएको थियो। त्यस घटनामा पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन भएको हो।

पाकिस्तानी अधिकारीहरूका अनुसार हालसम्म चार पर्वतारोहीको शव फेला परेका छन्। तीमध्ये ओमानकी नाधिरा अहमद अब्दुल्ला अल हार्थी र नेपालका पुरबहादुर गुरुङ को पहिचान पुष्टि भइसकेको छ भने बाँकी दुई शवको सनाखत प्रक्रिया जारी रहेको छ। निर्मल पुर्जासहित अन्य आरोहीहरूको खोजी तथा उद्धार अभियान भने निरन्तर जारी छ।

एनडीटीभीको रिपोर्टअनुसार मौसम सुधारिएसँगै पाकिस्तानी सेनाका हेलिकोप्टरमार्फत हवाई खोजी तीव्र बनाइएको छ। केही रिपोर्टमा पुर्जाको स्याटेलाइट ट्र्याकिङ उपकरणले दुर्घटनाअघि करिब २१,८४७ फिट उचाइमा अन्तिम लोकेसन देखाएको र त्यसपछि संकेत तीव्र रूपमा तल सरेको उल्लेख गरिएको छ। त्यसयता भने उपकरणबाट कुनै नयाँ संकेत प्राप्त भएको छैन।

सन् २०१९ मा विश्वका १४ वटा आठहजारे हिमाल केवल ६ महिना ६ दिन मै आरोहण गरेर विश्व कीर्तिमान बनाएका पुर्जा पछिल्लो समय अक्सिजनको प्रयोग नगरी ती सबै हिमाल दोस्रोपटक आरोहण गर्ने ऐतिहासिक अभियानमा संलग्न थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3