Menu

आजको मौसम

इनर व्हील क्लब अफ वीरगञ्जको दोस्रो पदस्थापन

Author
News Desk |
August 01, 2026
Featured

वीरगञ्ज – इनर व्हील क्लब अफ वीरगञ्जको दोस्रो पदस्थापन समारोह वीरगञ्जस्थित होटल पूजनमा भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा डा. प्रिति गुप्तालाई इनर व्हील वर्ष २०२६–२७ का लागि क्लबको अध्यक्ष पदमा विधिवत् पदस्थापन गरिएको हो।

समारोहमा इनर व्हील जिल्ला अध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापति प्रमुख अतिथिका रूपमा तथा इनर व्हील जिल्ला सचिव श्रीमती मञ्जु शाक्य विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। उहाँहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै महिला नेतृत्व, सामाजिक उत्तरदायित्व, मानवीय सेवा तथा सामुदायिक विकासमा इनर व्हीलको भूमिका अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो।

नयाँ कार्यसमितिमा अध्यक्ष डा. प्रिति गुप्ता, तत्कालीन अध्यक्ष (IPP) मञ्जरी श्रेष्ठ, सचिव निभा दास, उपाध्यक्ष निलम व्याहुत, कोषाध्यक्ष सरिता यादव, आईएसओ प्रियंका झा, सम्पादक लक्ष्मी कर्ण दत्ता तथा अन्य ६ जना कार्यसमिति सदस्य र ५ जना साधारण सदस्य रहेका छन्।
कार्यक्रमको सञ्चालन क्लबकी सचिव निभा दास तथा सम्पादक लक्ष्मी कर्ण दत्ताले संयुक्त रूपमा गर्नुभएको थियो।

समारोहमा रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष राजकिशोर कलवार, रोटरी क्लब अफ वीरगञ्जका अध्यक्ष राकेश मिश्र, रोटर्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष रामविनय यादव, रोटर्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जका अध्यक्ष संगम पण्डित लगायत डा. कमलेश दत्ता, डा. अशोक दास, डा. निरज सिंह, डा. पुष्कर तिवारी, प्रज्वल मिश्र, हरिओम शाह, सञ्जय शाह, सौरभ बर्नवाल, अनिल जायसवाल तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नवनियुक्त अध्यक्ष डा. प्रिति गुप्ताले आफ्नो कार्यकालमा महिला सशक्तीकरण, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा मानवीय सेवाका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सबै सदस्य, शुभेच्छुक तथा सहकार्य गर्ने संस्थाहरूसँग हातेमालो गर्दै सेवामूलक अभियानलाई अझ प्रभावकारी, परिणाममुखी र दिगो बनाउने विश्वास व्यक्त गर्नुभयो।

समारोह उत्साह, आपसी सद्भाव र सेवाप्रतिको दृढ प्रतिबद्धताका साथ सम्पन्न भएको थियो। उपस्थित अतिथिहरूले नयाँ नेतृत्वले इनर व्हील क्लब अफ वीरगञ्जलाई अझ सशक्त बनाउँदै समाजसेवा, महिला नेतृत्व विकास तथा मानवीय मूल्यको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3