Menu

आजको मौसम

त्रिभुवन विमानस्थलमा ब्यागेज व्यवस्थापनको लाइभ फिड सुरु, यात्रुले प्रत्यक्ष दृश्य हेर्न पाउने

Author
News Feed |
November 06, 2026
Featured

बारा, २० कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले आगमन कक्ष (अराइभल एरिया) को ब्यागेज क्लेम क्षेत्रमा ‘लाइभ फिड’ (प्रत्यक्ष दृश्य) को व्यवस्था गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को पहलमा यो नयाँ व्यवस्था सुरु गरिएको हो। यस प्रविधिमार्फत अब अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने यात्रुहरूले विमानबाट सामान झारिएदेखि ब्यागेज बेल्टसम्म आइपुग्नेसम्मको सम्पूर्ण प्रक्रिया प्रत्यक्ष रूपमा हेर्न पाउनेछन्।

यसले सामानको अवस्थाबारे जानकारी लिन सहज हुनुका साथै ब्यागेज प्राप्त गर्न लाग्ने समयको अनुमान गर्नसमेत यात्रुहरूलाई मद्दत पुग्ने अपेक्षा गरिएको छ।

यसअघि विमानबाट झारिएको सामान ब्यागेज क्लेम क्षेत्रमा आइपुग्न कति समय लाग्छ भन्नेबारे प्रत्यक्ष जानकारी नहुँदा यात्रुहरू अन्योलमा पर्ने र ब्यागेज व्यवस्थापनबारे सूचनाको अभावमा असहजता सिर्जना हुने गरेको थियो।

नयाँ व्यवस्था लागू भएसँगै ब्यागेज ड्रप क्षेत्रको गतिविधि आगमन कक्षमै प्रत्यक्ष देखिने भएपछि यात्रुको पर्खाइ समय थप सहज, पारदर्शी र व्यवस्थित हुने विश्वास लिइएको छ।

पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको सेवा सुधार, आधुनिक प्रविधिको प्रयोग र यात्रु सुविधालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।

सेवा प्रवाहमा पारदर्शिता ल्याई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विमानस्थलको स्तरोन्नति गर्ने प्रयासअन्तर्गत यस कदमलाई हेरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3