Menu

आजको मौसम

आज लक्ष्मीपूजा : धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदै

Author
News Feed |
November 08, 2026
Featured

बारा, २२ कात्तिक। यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज आइतबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको विशेष पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदैछ।

यसैगरी, आजैका दिन घरको सुरक्षा गर्ने विश्वास गरिने कुकुरलाई मीठामीठा परिकार खुवाएर ‘कुकुर तिहार’ पनि मनाइँदैछ। लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ।

आजको दिन घरका झ्याल, ढोका, कोठा, कौसी, अटाली र भर्‍याङलगायतका स्थानहरू सरसफाइ गरी झिलीमिली दीपावली गरिन्छ। लक्ष्मीलाई घरमा भित्र्याउनका लागि आँगनदेखि मूलढोका हुँदै पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरी चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइने परम्परा छ।

पाइलैपिच्छे केराको सुत्लो वा माटाको पालामा दीप प्रज्वलन गरी घरलाई उज्यालो बनाइन्छ। पूजा कोठामा दियो, कलश र गणेशसहित माता लक्ष्मीको स्थापना गरी गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढਾएर विधिपूर्वक पूजा गरिन्छ। लक्ष्मीपूजा सम्पन्न भएपछि कन्या केटी र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा दिने चलन छ।

आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य बहुमूल्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने जनविश्वास रहिआएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3