Menu

आजको मौसम

बारामा पटका पड्काउने क्रममा १६ वर्षीय किशोर घाइते

Author
News Feed |
November 09, 2026
Featured

बारा, २३ कात्तिक। बाराको जितपुरसिमरा उपमहानगरपालिका–६ घुसुकपुर टेंढामा पटका पड्काउने क्रममा एक किशोर घाइते भएका छन्।

हिजो राति करिब १०:३० बजे महम्मद समसाद मिया देवानका १६ वर्षीय छोरा अफ्ताब मिया देवान आफ्नै घरको आँगनमा पटका पड्काउने क्रममा घाइते भएका हुन्। पटका लागेर उनको दुवै अण्डकोष तथा लिङ्गमा जलन भएको जनाइएको छ।

घाइते किशोरको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुर, बाराबाट प्रहरी सहायक निरीक्षक तेजनारायण बैठाको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो। घाइतेका काका महम्मद आरिफ देवान पनि उपचार प्रक्रियामा संलग्न रहेको जनाइएको छ।

पटका पड्काउँदा सावधानी अपनाउन आग्रह

पटका तथा अन्य विस्फोटकजन्य सामग्रीको प्रयोग गर्दा गम्भीर चोटपटक, आगलागी र अन्य दुर्घटना हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन आवश्यक छ। विशेषगरी बालबालिका तथा किशोरकिशोरीलाई यस्ता सामग्रीबाट टाढा राख्न र अभिभावकले निगरानी गर्न आग्रह गरिएको छ।

चाडपर्व तथा उत्सवका नाममा पटका पड्काउने कार्यले आफू मात्र नभई वरपरका व्यक्तिसमेत जोखिममा पर्न सक्ने भएकाले सुरक्षित र जिम्मेवार व्यवहार अपनाउन सबैलाई सचेत गराइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3