बारा, १९ कात्तिक । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य उल्लेख फड्को मार्दै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ हजार तीन सय रुपैयाँले बढेको हो।
बुधबार प्रतितोला दुई लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर प्रतितोला दुई लाख ८८ हजार नौ सय रुपैयाँमा पुगेको छ।
त्यसैगरी, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी तोलामा २६५ रुपैयाँले बढेर तीन हजार ९२० रुपैयाँमा कायम भएको छ। यसअघि बुधबार चाँदी प्रतितोला तीन हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।