Menu

आजको मौसम

सुजित मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता : दोस्रो खेलमा वडा नं. ६ विजयी

Author
News Feed |
November 10, 2026
Featured

बारा,२४ कात्तिक। बाराको कलैया उपमहानगरपालिका–१४ भौरास्थित खेल मैदानमा स्वर्गीय युवा नेता सुजित पाण्डेको स्मृतिमा आयोजित सुजित मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा वडा नं. ६ विजयी भएको छ। वडा नं. ६ ले वडा नं. ८ लाई ५ विकेटले पराजित गरेको हो।

‘खेलकुदले जोड्छ, युवाले बदल्छ कलैया–१४’ भन्ने मूल नाराका साथ यूथ अफ कलैया–१४ खेलकुद व्यवस्थापन समितिको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा टसपछि पहिले ब्याटिङ गरेको वडा नं. ८ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन बनाएको थियो।

वडा नं. ८ का लागि विवेक कुमारले सर्वाधिक ३३ रन बनाए। त्यस्तै राहुल पटेल र सुशान्त पाण्डेयले २३/२३ रन, अरविन्दले १६ रन तथा अलाउद्दिन मियाँले अविजित १६ रनको योगदान दिए।

१५९ रनको लक्ष्य पछ्याएको वडा नं. ६ ले १५ ओभरमै ५ विकेट गुमाएर १६० रन बनाउँदै जित हात पार्‍यो। वडा नं. ६ का लागि प्रफुल अग्रवालले २८ बलमा ४७ रन बनाए। त्यस्तै सराज हवारीले १५ बलमा ३० रन, सुरज प्रजापतिले १२ बलमा २४ रन र एमडी चन्दले अविजित २४ रनको योगदान दिए।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. ६ का सेराज हवारी ‘म्यान अफ द म्याच’ घोषित भएका छन् । उनलाई जेष्ठ नागरिक राजदेव यादवले पुरस्कार वितरण गरेका हुन् ।

बलिङतर्फ वडा नं. ८ का किशन गुप्ताले ३ विकेट तथा सराज हवारीले २ विकेट लिए। वडा नं. ६ का नइमुद्दिन अन्सारीले २ विकेट लिए भने रहिम मियाँ, सुशान्त पाण्डेय र सरागर दाहालले समान १ विकेट हात पारे।

प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ। सहभागी टोलीलाई समूह ‘क’ र समूह ‘ख’ मा चार–चार टोली गरी विभाजन गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टोलीले नगद १५ हजार रुपैयाँसहित ट्रफी र मेडल तथा उपविजेता टोलीले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। यसैबीच, प्रतियोगिताअन्तर्गत कलैया उपमहानगरपालिका वडा नं. ४ र वडा नं. ११ बीचको खेल जारी रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3