Menu

आजको मौसम

पुर्व प्रधानमन्त्री माधव नेपाल र मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Author
News Feed |
November 03, 2026
Featured

बारा, १७ कात्तिक । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल तथा पूर्वमन्त्री मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को हदबन्दीभन्दा बढी जग्गा मन्त्रिपरिषद्‌बाटै निर्णय गराएर सट्टापट्टाको नाममा बिक्री गरिएको प्रकरणमा अख्तियारले मंगलबार यो मुद्दा दायर गरेको हो।

अख्तियार स्रोतका अनुसार प्रतिवादी बनाइएकाहरूविरुद्ध ७६ करोड रुपैयाँ बिगो दाबी गरिएको छ भने ५० भन्दा बढीलाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले २०६६ सालमा इटहरीबाट विराटनगर जाने मूल सडकसँग जोडिएको उक्त कम्पनीको बहुमूल्य जग्गा बिक्री गर्न सहमति दिएको थियो।

सो जग्गा बिक्री गराएर दुर्गम स्थानमा जग्गा सट्टापट्टा गर्ने नाममा अनियमितता भएको अख्तियारको ठहर छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3