बारा, २१ कात्तिक । मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रमअन्तर्गत जिल्ला निर्वाचन कार्यालय, बाराले जिल्लास्थित सक्रिय राजनीतिक दलहरूको बैठक आह्वान गरेको छ।
जिल्ला निर्वाचन कार्यालय, बाराका निमित्त जिल्ला निर्वाचन अधिकारी मुकेश कुमार सिंहद्वारा जारी पत्रअनुसार जिल्ला भित्र रहने मतदान स्थल तथा मतदान केन्द्र निर्धारणका लागि जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठक बस्न लागेको हो।
आगामी कात्तिक २७ गते शुक्रबार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय, बाराको सभाहलमा बस्ने उक्त बैठकमा जिल्लामा सक्रिय राजनीतिक दलका जिल्ला प्रमुख वा एक जना प्रतिनिधि अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।
मतदान स्थल तथा केन्द्र निर्धारण र पुनरावलोकन जस्तो संवेदनशील कार्यमा राजनीतिक दलहरूको तर्फबाट आवश्यक छलफल र सहभागिता सुनिश्चित गर्न बैठक बस्न लागेको हो।