Menu

आजको मौसम

सुनको मूल्य तोलामा ५ हजार ९ सयले घट्यो, चाँदी पनि सस्तियो

Author
News Feed |
November 06, 2026
Featured

बारा, २० कात्तिक। नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव जारी रहेको छ। बिहीबार एकैदिन १३ हजार ३०० रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार भने प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस हप्ता सुनको मूल्यमा लगातार उतारचढाव देखिएको छ। बुधबार सुनको मूल्य ६०० रुपैयाँले बढेर दुई लाख ७५ हजार ६०० रुपैयाँ पुगेको थियो भने मंगलबार ७०० रुपैयाँ र सोमबार दुई हजार ३०० रुपैयाँले बढेको थियो। गत आइतबार भने सुनको मूल्य तोलामा आठ हजार ३०० रुपैयाँले घटेर दुई लाख ७२ हजार रुपैयाँमा झरेको थियो।

यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला तीन हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य २६५ रुपैयाँले बढेर तीन हजार ९२० रुपैयाँ पुगेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3