Menu

आजको मौसम

चेक अनादर मुद्दामा प्रसौनी-६ का वडा पक्राउ

Author
News Feed |
November 04, 2026
Featured

बारा, १८ कात्तिक । चेक अनादर (चेक बाउन्स) मुद्दामा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर–६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार कलैयाबाट पक्राउ गरेको हो।

बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) मीनबहादुर घलेका अनुसार बारा जिल्ला अदालतको २०८३ कात्तिक १३ गतेको आदेशानुसार कुशवाहालाई पक्राउ गरिएको हो।

कलैया उपमहानगरपालिका–२३ निवासी अनिलकुमार पटेलले कुशवाहाविरुद्ध दर्ता गराएको चेक अनादरसम्बन्धी मुद्दामा वादीको बिगो दाखिला गराउनका लागि उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन प्रहरीलाई पत्राचार गरिएको थियो।

अदालतको सोही आदेश र पत्रका आधारमा पक्राउ परेका वडा अध्यक्ष कुशवाहालाई आवश्यक प्रक्रियाका लागि अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3