स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

निर्वाचन आचारसंहितावारे छलफल

SHARE:

वीरगंज, ७ फागुन । 
आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई दृष्टिगत गरेर जिल्ला निर्वाचन कार्यालय धनुषाले निर्वाचन दिवसको अवसर पारी निर्वाचन आचारसंहिताको विषयमा छलफल गरेको छ ।
विभिन्न राजनीतिक दल, कार्यालय प्रमुख, सुरक्षा निकाय तथा सञ्चारकर्मीहरूको सहभागीतामा आज जनकपुरधाममा भएको कार्यक्रममा आचारसंहिताको विषयमा छलफल भएको जिल्ला निर्वाचन अधिकारी पुष्पा झाले जानकारी दिनु भएको छ ।
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र तथा धान्धलीरहित रूपमा सम्पन्न गर्नका लागि निर्वाचनमा सरोकार भएका सबै पक्षले निर्वाचन आचारसंहिताको पालन गर्नु पर्ने आवश्यकतामा नयाँ निर्वाचन आचारसंहिताले जोड दिएकोले यसको पालना गर्नु हरेक व्यक्तिको दायित्व भएको निर्वाचन अधिकारी झाले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी भएका दल तथा अन्य सहभागीहरूले विगतका निर्वाचनमा भएको आचारसंहिता उल्लङघनको विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुहुँदै आउँदो निर्वाचनमा कडाइ गर्नका लागि आग्रह गर्नु भएको थियो ।
निर्वाचन आचारसंहिताको उल्लङघन राजनीतिक दलबाट नै हुने भएकाले अगामी निर्वाचनमा दलहरूले निर्वाचन आचारसंहिताको पालना पूर्णरूपमा गर्ने विश्वास आयोगको रहेको जिल्ला निर्वाचन कार्यालय जनाएको छ  ।
प्रमुख जिल्ला अधिकारी एवं जिल्लामा निर्वाचन आचारसंहिता उल्लङघन अनुगमन समितिका संयोजक बन्धु प्रसाद बास्तोलाले निर्वाचन आचारसंहिताको पालना गर्नु हरेक नागरिकको कर्तव्य एवं दायित्व भएको बताउनुभयो ।
निर्वाचन आचारसंहिताको पालनाले मुलुकमा लोकतन्त्र, गणतन्त्र तथा सुशासन हुने भएकाले यसतर्पm सबै पक्ष गम्भीर हुन आवश्यक भएको उहाँले बताउनुभयो ।
यसैबीच आउँदो वैशाख १७ र २७ गते प्रतिनिधिसभाको चुनावको लागि जिल्ला निर्वाचन कार्यालय सप्तरीले सरोकारवालाहरूसँग चुनावी गतिविधि वारे बुझ्न थालेको छ ।
केही हप्ता अगाडि नै मतदाता र मतदान स्थललगायतका कुराहरू वारे जानकारी गराएका कार्यालयले पुन सरोकारवालासँग चुनावी आचारसंहिता लगायत चुनावी गतिविधिवारे जानकारी दिन र लिन थालेको छ ।
अब बन्ने आचारसंहिताको मस्यौदामा पार्टीहरूले सञ्चार माध्यममार्पmत गरिने प्रचार प्रसारमा सीमितता, पार्टीले लिने चन्दा र खर्च समेत बैÍ मार्पmत गर्नु पर्ने बाध्यात्मक व्यवस्था र सोको सीमितता, भोट माग्न जाने उम्मेदवारले प्रयोग गर्ने सवारीसाधन, मुख्य पात्रले हेलिकप्टर प्रयोग गर्ने सक्ने सम्मको व्यवस्थालगायत पहिलेको भन्दा यसपालिको आचारसंहितामा केही फरक र संशोधित व्यवस्था आयोगले गर्न लागेको कुरा निर्वाचन कार्यालय सप्तरीका अधिकृत रमेश कुमार जोशीले बताउनु भयो ।
त्यसै गरी अन्तरक्रियामा मतदाता शिक्षा, मतदानमा अधिक मतदाताको सहभागीता, बदर मत घटाउने उपाय, शान्तिपूर्ण तरिकाले कसरी चुनाव सम्पन्न गर्ने लगायतका कुराहरूमा छलफल हुनुका साथै सरोकारवालाहरूले आफ्नो जिम्मेवारी बहन गर्ने प्रतिबद्धता जनाएका थिए ।
पाँचौँ निर्वाचन दिवसको अवसरमा कार्यालयले निर्वाचनमा सँगै, सधैँ, सँगै मूल नारा राखी निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरूको भूमिका सम्बन्धी अन्तरक्रिया राजविराजमा सम्पन्न गरेका थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, नेपाल प्रहरीका डिएसपी भुवनेश्वर साह, सशस्त्र प्रहरीका डिएसपी श्याम मणि, विभिन्न राजनैतिक पार्टीका नेता, पत्रकारलगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: निर्वाचन आचारसंहितावारे छलफल
निर्वाचन आचारसंहितावारे छलफल
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjJo7B-O_SmNJ_snBLftmRQF8GR6VvxvUEUEelGQ1GX7sU9Cs6PWPWHM5VhfYLXZ3tSAVj7J8wUjIo-roGWekm2XL07hMBtVjhU7KFcp0Vi-XhOWWXtqggjc5yvWCxvMMuNYGBv-tCHeTnJ/s320/1613650330828-742179.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjJo7B-O_SmNJ_snBLftmRQF8GR6VvxvUEUEelGQ1GX7sU9Cs6PWPWHM5VhfYLXZ3tSAVj7J8wUjIo-roGWekm2XL07hMBtVjhU7KFcp0Vi-XhOWWXtqggjc5yvWCxvMMuNYGBv-tCHeTnJ/s72-c/1613650330828-742179.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/02/blog-post_69.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/02/blog-post_69.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content