Menu

आजको मौसम

एकै परिवारका चार सदस्य मृत फेला

Author
News Feed |
August 23, 2026
Featured

एजेन्सी, ढाका । बङ्गलादेशको रंगपुरमा एकै परिवारका चार सदस्य आफ्नै घरमा संदिग्ध अवस्थामा मृत फेला परेका छन् । मृतकमा ६५ वर्षीय सेवा निवृत्त शिक्षक गणपति चक्रवर्ती, उनकी ५० वर्षीया पत्नी प्रीतिलता, २३ वर्षीया छोरी अगामी र १२ वर्षीय छोरा प्रियम छन् ।

शनिबार राति रंगपुरको दशपाडा क्षेत्रमा रहेको घरको ताला तोडेर प्रहरीले चारै जनाको शव फेला पारेको हो । परिवारका सदस्यसँग बिहीबारदेखि सम्पर्क हुन नसकेपछि आफन्तहरू घर पुगेका थिए ।

प्रहरीका अनुसार आमा र छोरीको शव सिँढी नजिक, गणपति चक्रवर्तीको शव छतमा र १२ वर्षीय प्रियमको शव पलङमुनि फेला परेको थियो ।

घटनाको कारण, मृत्युको समय र परिस्थितिबारे अहिलेसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन । रंगपुर महानगरीय प्रहरीसँगै क्रिमिनल इन्भेस्टिगेसन डिपार्टमेन्ट (सीआईडी) र डिटेक्टिभ ब्रान्च (डीबी) ले घटनाको अनुसन्धान गरिरहेका छन् ।
आफन्तहरूले मृतक गणपति चक्रवर्तीको कसैसँग दुस्मनी नरहेको बताएका छन् । प्रहरीले भने अनुसन्धान अघि बढेपछि मात्रै चारै जनाको मृत्युको वास्तविक कारण र घटनामा को जिम्मेवार छ भन्ने खुल्ने जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3