Menu

आजको मौसम

आँगनबाट हराएका बालक भारतमा सकुशल भेटिए

Author
Trilok Khabar |
February 06, 2021
Featured

जनकपुरधाम २३ माघ । आफ्नै आँगनमा खेल्दाखेल्दै हराएका सिराहाका २ वर्षीय बालक भारतमा फेला परेका छन् ।
सिराहा सदरमुकाम सिराहा नगरपालिका वडानम्बर १ डुम्बाखाता बस्ने प्रदीप यादवका २ वर्षी छोरा प्रयांसु गत मंगलवार राति आफ्नै आँगनाबाट बेपत्ता भएका थिए ।
बेपत्ता भएका बालक भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको खाजेडी भन्ने स्थानबाट सकुशल फेला परेको सिराहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।
उनका अनुसार बालक खाजेडीको एक सार्वजनिक स्थानबाट फेला परेका हुन् । हराएको ४८ घण्टाभित्रै फेला परेका बालकलाई बिहीवार राति ७ बजेतिर घर ल्याएर उनको परिवारजनलाई जिम्मा लगाइएको शर्माले बताए ।
बालक कसरी सिराहाबाट भारतसम्म गए भन्ने सन्दर्भमा खुल्न नसकेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3