Menu

आजको मौसम

शिवशक्तिद्वारा ५१ लाख र रिलायन्सको तर्फबाट १० लाख सहयोग

Author
News Feed |
August 27, 2026
Featured

वीरगंज, ११ भदौ । रसुवाको भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति शिवशक्ति ग्रुपले दुःख व्यक्त गर्दै राहत तथा उद्धारका लागि रू. ५१ लाख सहयोग गरेको छ ।
बाढी प्रभावित क्षेत्रहरूमा तत्काल उद्धार तथा राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले शिवशक्ति ग्रुपका राजकुमार अग्रवाल, संदिप कुमार अग्रवाल र राहुल कुमार अग्रवालसहित सम्पूर्ण कम्पनी परिवारको तर्फबाट नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रू. ५१ लाख सहयोग गरिएको जनाएको छ ।
उक्त सहयोग रकम अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको छ । यसैगरी, रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रा.लि., बाराको तर्फबाट दस लाख रुपियाँ सहयोग गरिएको जनाएको छ ।
भदौ १० गते बुधवार बिहान रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक, भीषण एवं विध्वंसकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासीलगायत आसपासका क्षेत्रमा भएको अपूरणीय भौतिक तथा मानवीय क्षतिप्रति शिवशक्ति ग्रुप परिवारले गहिरो दुःख व्यक्त गर्दै यस दुःखद् घडीमा बाढीमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ एवं विदेशी पर्यटकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
प्राकृतिक विपद्मा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को यस कठिन समयमा शिवशक्ति गु्रप परिवार नेपाल र नेपाली जनताको साथमा रहेको प्रतिबद्धता व्यक्त गरेको छ ।
शिवशक्ति गु्रप परिवारद्वारा विज्ञप्तिमा भनिएको छ, विपद्को यस कठिन घडीमा पीडित परिवारको दुःखमा साथ दिनु उद्धार तथा राहत कार्यमा सहयोग गर्नु र प्रभावित नागरिकको जीवनमा आशा जगाउनु हामी सबैको साझा दायित्व रहेको र सानो सहयोग पनि विपदमा परेका परिवारका लागि ठूलो सहारा बन्न सक्छ। त्यसैले सम्पूर्ण निजी क्षेत्र, उद्योगी व्यवसायी, संघ–संस्था तथा आम नागरिकलाई आफ्नो क्षमता र सामथ्र्यअनुसार राहत तथा उद्धार अभियानमा सहयोग गर्न हार्दिक अपिल गर्दछौ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3