Menu

आजको मौसम

हत्या प्रकरणमा ६ जना पक्राउ

Author
Trilok Khabar |
February 11, 2021
Featured

वीरगंज, २९ माघ ।
बाराको महागढिमाई नगरपालिका वडा नं १ बरियारपुर (मठवा टोल) की ४८ वर्षीया कान्तिदेवी कुशवाहाको हत्या प्रकरणमा बारा प्रहरीले अनुसन्धान अघि बढाएको छ। सोही क्रममा बारा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
नियन्त्रणमा लिइएको व्यक्ति मध्ये कान्ति देवीको घरको काम गर्ने ४ जना मिस्त्री र गाउँँका अन्य दुर्ई जना रहेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए।
६ जना मध्ये शंका लागेका दुर्ई जना छिमेकीहरू हुनुहुन्छ। चार जना गाउँँकै घर बनाउने मिस्त्री,'उनले भने, बाँकी धेरै संग धेरै एंगलबाट घटनाको विश्लेषण गर्ने काम भइरहेको छ।
गत आईतवार राति कान्तिको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरि हत्या गरेको थियो। अज्ञात समुहले टाउको र गालामा धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
मृतककी श्रीमान बैजनाथ कुशवाहा घरबाहिर गाँउमा अष्ठयाम पूजा हेर्न गएको बेला अज्ञात समुहले हत्या गरेको थियो। यस्तै, मृतककी ३ छोरा र १ छोरी पठनपाठन र कामका लागि काठमाडौं बस्दै आएका छन।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3