Menu

आजको मौसम

मुख्यमन्त्री राउतले दिए मुस्कान खातुनलाई बधाई

Author
Trilok Khabar |
March 07, 2021
Featured

२३ फागुन, वीरगञ्ज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार विजेता मुस्कान खातुनलाई बधाई ज्ञापन गरेका छन् । आइतबार मुख्यमन्त्री राउतले विज्ञप्ति जारी गर्दै अमेरिकी मिसनले अन्तर्राष्ट्रिय सहासी महिला पुरस्कार दिने घोषणा गरेकोमा पुस्कृत मुस्कान खातुनलाई हार्दिक बधाई तथा उत्तरोत्तर कामना व्यक्त गरेका हुन् ।

एसिड आक्रमणमा परेपछि मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायका लागि लबिङ गरेको कार्यको कदर गर्दै अमेरिकाले पुरस्कृत गर्ने घोषणा गरेको थियो ।

'पुरस्कारका लागि प्रदेश २ की छोरीलाई चयन गरेकोमा नेपालस्थित अमेरिकी मिसन र अमेरिकी सरकारप्रति प्रदेश सरकारको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु' विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वीरगञ्जकी मुस्कानलाई २०७६ भदौमा विद्यालय जाँदै गर्दा एसिड प्रहार भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3