Menu

आजको मौसम

श्रीसिया नदी प्रदूषणको समाचार रोक्न पत्रकारलाई दसैं खर्च

Author
Trilok Khabar |
October 14, 2026
Featured


वीरगंज । वीरगंज उद्योग वाणिज्य संघले उद्योगसँग सम्बन्धीत नकारात्मक समाचार प्रकाशन हुन नदिन केही पत्रकारलाई दसैँ खर्चका नाममा रकम बाँडेको आरोप लागेको छ। 

चाडपर्व नजिकिँदै गर्दा श्रीसिया नदीमा बढ्दो प्रदूषण र त्यसले स्थानीय बासिन्दाको स्वास्थ्य तथा वातावरणमा पार्न सक्ने असरवारे समाचार सार्वजनिक हुन नदिन रकम वितरण गरिएको आरोपले संघको भूमिकामाथि प्रश्न उठाएको छ।

आरोपअनुसार संघका अध्यक्ष हरि प्रसाद गौतमले आफू निकटका केही पत्रकारलाई बोलाएर रकम उपलब्ध गराएका हुन। श्रीसिया नदी प्रदूषणको विषयमा समाचार नलेख्ने शर्तमा दसैँ खर्चका नाममा रकम बाँडिएको दाबी गरिएको छ ।
श्रीसिया नदीको प्रदूषण वीरगंज क्षेत्रको वातावरणीय सरोकारसँग जोडिएको गम्भीर विषय हो । नदी प्रदूषणले स्थानीय बासिन्दा, जलचर तथा समग्र वातावरणमा पार्ने असरवारे तथ्यमा आधारित समाचार प्रकाशन गर्नु सञ्चारमाध्यमको महत्त्वपूर्ण जिम्मेवारी हो। यस्तो विषयमा समाचार रोक्ने उद्देश्यले आर्थिक प्रलोभन दिइएको हो भने त्यसले प्रेस स्वतन्त्रता र पत्रकारिताको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा गर्नेछ।

उद्योग तथा व्यापारिक क्षेत्रको प्रतिनिधित्व गर्ने संस्थाले वातावरणीय समस्याको समाधानका लागि सम्बन्धीत उद्योगलाई जिम्मेवार बनाउन पहल गर्नुपर्नेमा उल्टै समाचार रोक्न खोजिएको आरोप लाग्नु आफैँमा चिन्ताजनक विषय हो ।
यसैबीच, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले पत्रकारलाई समाचार रोक्ने उद्देश्यले रकम दिएको आरोप अस्वीकार गरेका छन।

आरोपको सत्यतथ्य सार्वजनिक गर्न रकम वितरणको उद्देश्य, संलग्न व्यक्तिहरूको भूमिका र श्रीसिया नदी प्रदूषणसम्बन्धी विषयमा निष्पक्ष छानबिन आवश्यक देखिन्छ। सार्वजनिक सरोकारका विषयमा समाचार प्रकाशन गर्ने वा नगर्ने निर्णय आर्थिक प्रभावमा नभई तथ्य, प्रमाण र जनहितका आधारमा हुनुपर्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3