Menu

आजको मौसम

महानगरको स्वास्थ्य सेवा प्रवाह प्रभावकारी गर्नुपर्छ ः नगर प्रमुख सरावगी

Author
Trilok Khabar |
September 27, 2021
Featured

वीरगन्ज, ११ असोज । वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले महानगरवासीको स्वास्थ्य सेवा प्रभावकारी रुपमा प्रवाह हुनुपर्ने बताउनुभयो । मानव स्वास्थ्यको विकास नभई अन्य विकासको कुनै औचित्य नहुने बताउदै नगर प्रमुख सरावगीले स्वास्थ्य, शिक्षा र मानवता महानगरपालिकाको प्राथामिकतमा रहेकोले स्वास्थ्य सेवा प्रवाहमा कुनै कमी हुन नहुने बताउनुभयो । युनिसेफ नेपाल र काठमाडौ मेडिकल कलेजको आयोजनामा र बिरगंज माहानगरपालिकाको सहकार्यमा आईतबारदेखि सुरु भएको दुई दिने प्राथमिक स्वास्थ केन्द्र सम्बन्धि दुईदिने कार्यशाला गोष्ठीको समापन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै नगरप्रमुख बिजय कुमार सरावगी नागरिकले स्थानीय सरकार आएपछि घरदैलो मै प्रभावकारी स्वास्थ्य सेवाको अपेक्षा गरेकोले सोही अनुसार स्वास्थ्य सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले तालिम र प्रशिक्षणले कर्मचारीहरुलाई अझ दक्ष बनाउने र यसले सेवा प्रवाहमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख अरुण महतो, स्वास्थ्य संयोजक ऋतेश जयसवाल, युनिसेफका प्रतिनिधिहरु ल्गायत महानगरपालिकाका स्वास्थ्य केन्द्रका कर्मचारीहरुको सहभागिता रहेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3