Menu

आजको मौसम

भारतमा ठगी गरेपछि ‘वास्तु विहार’को अब नेपालमा अवैध हाउजिङ धन्दा

Author
News Desk |
September 29, 2026
Featured


वीरगंज । कुख्यात हाउजिङ कम्पनी ‘वास्तु विहार’ (टेक्नोकल्चर बिल्डिङ सेन्टर प्रा.लि.) ले भारतमा सर्वसाधारणलाई घरको सपना देखाएर अर्बाैँ रुपियाँ उठाई अलपत्र पारेपछि अब नेपालमा सर्वसाधारणलाई जालमा पार्न थालेको छ। 

मुख्य सञ्चालक विनय कुमार तिवारीको नेतृत्वमा वीरगंजमा सञ्चालन गर्न लागिएको नयाँ हाउजिङ परियोजनाले गम्भीर कानुनी, प्राविधिक र वित्तीय जोखिम खडा गरेको छ।

वीरगंज महानगरपालिका–१५ लक्षमनवास्थित मसानघाट नजिक निर्माण गर्ने भनिएको वास्तु विहार हाउजिङ परियोजनाको प्रारम्भिक कानुनी तथा प्राविधिक प्रक्रिया नै अवैध रहेको पाइएको छ। स्थानीय वडा कार्यालयका अनुसार परियोजना सञ्चालन भइरहेको जग्गाको हालसाबिक, कित्ताकाट तथा भू–वर्गीकरणको काम अझै पूर्ण रूपमा सम्पन्न भएकै छैन।

वडा नम्बर १५ का कार्यालय अनुसार उक्त क्षेत्र घरघडेरी निर्माणका लागि उपयुक्त सूचीमा परे पनि सम्बन्धीत जग्गाको कानुनी प्रक्रिया बाँकी नै छ। किसानबाट लिजमा लिइएको भनिएको खेतीयोग्य जग्गा कम्पनीको नाममा नामसारी भएरनभएको स्पष्ट छैन। महानगरपालिकाबाट नक्सा पास र निर्माण अनुमतिसमेत नलिई अवैध रूपमा घर बुकिङ खुला गरी सर्वसाधारणबाट अग्रिम रकम असुलिरहेको पाइएपछि स्थानीय रियल स्टेट व्यवसायीहरूले खरिदकर्तालाई सचेत गराएका छन।

परियोजनाको वित्तीय कारोवार र कानुनी हैसियतमा व्यापक अन्योल छ। नेपालमा दर्ता भएको भनिएको ‘टेक्नोकल्चर प्रा.लि.’ मार्पmत वित्तीय कारोवार गर्ने दाबी गरिए तापनि प्रचारप्रसारमा भने भारतमा विवादित बनेको ‘वास्तु विहार’कै नाम अघि सारिएको छ।

करिब २०० घर निर्माण गर्ने र १७ करोड रुपियाँँ वैदेशिक प्रत्यक्ष लगानी (एफडिआइ) भित्र्याउने दाबी गरिए तापनि उक्त रकमको स्रोत (एफडिआई), स्वीकृतिको प्रक्रिया र कुल लागतको पारदर्शी योजना सार्वजनिक गरिएको छैन। थप रूपमा, एकातिर नदी र अर्काेतिर नहरको बीचमा रहेको यो जग्गा भौगोलिक रूपमा वर्षायाममा उच्च डुबानको जोखिममा छ। मुख्य सडक, ढल निकास र खानेपानीजस्ता न्यूनतम पूर्वाधारको प्राविधिक अध्ययनबिनै रकम उठाइँदा हालसम्म अग्रिम रकम बुझाएका ४२ जना नेपाली ग्राहकको लगानी जोखिमको भुमरीमा परेको छ।

वास्तु विहारका मालिक विनय कुमार तिवारी र उनको माउ कम्पनी भारतका बिहार, झारखण्ड र उत्तर प्रदेशका विभिन्न शहरमा सर्वसाधारण ठगेको आरोपमा अनुसन्धान र कारबाहीको घेरामा छन। भारतको बिहार रियल इस्टेट नियामक प्राधिकरणमा मोतीहारी, छपरा, बिहार शरीफ र एम्स् पटना जस्ता शहरमा अनुमतिबिनै विज्ञापन गर्ने, अग्रिम रकम असुल्ने र वर्षाैंसम्म घर नदिई अलपत्र पार्ने कार्य गरेको भन्दै मुद्दा तथा सुओ–मोटो कारबाही चलिरहेको छ। भारतमा हजारौँ परिवारलाई घरविहीन बनाएको यो कम्पनीले वीरगंजमा पनि उस्तै शैली अपनाएर रकम सङ्कलन शुरू गरेपछि स्थानीय नियमनकारी निकायहरू गम्भीर हुनुपर्ने देखिन्छ।

भारतमा सर्वसाधारणको विश्वास जित्न कम्पनीले भारतीय सांसद मनोज तिवारीलाई ‘ब्राण्ड एम्बेसडर’ बनाएको थियो। तर ठगी धन्दा बाहिरिएपछि सांसद तिवारीविरूद्ध समेत भारतमा एफआईआर दर्ता भइसकेको छ।

उस्तै प्रकृतिको शैली अपनाउँदै नेपालमा पनि कम्पनीले आफ्नो विवादित पृष्ठभूमि लुकाउन र सर्वसाधारणलाई भ्रममा पार्न महानायक राजेश हमाललाई ब्राण्ड एम्बेसडर बनाएको छ। भारतीय सांसदकै नियति दोहोरिने र नेपाली कला क्षेत्रका सम्मानित व्यक्तित्वको अनुहार प्रयोग गरी सर्वसाधारणको लगानी डुबाउने प्रपञ्च रचिएको भन्दै चौतर्फी चिन्ता व्यक्त हुन थालेको छ।

प्रक्रिया नै पूरा नगरी रकम सङ्कलन गरिरहेको यस कम्पनीको भ्रममा नपर्न र महानगरपालिका, मालपोत तथा नियामक निकायबाट नक्सा पास, जग्गाको स्वामित्व र एफडिआइ स्वीकृति पुष्टि गरेर मात्रै अघि बढ्न सरोकारवालाहरूले सर्वसाधारणलाई आग्रह गरेका छन् ।– अंकुश दैनिकबाट साभार

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3