स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

राउत सरकारले क्रियाकलाप नसुधारे कडा कदम चाल्छौं ः नेता सोनल

SHARE:

वीरगंज, १२ असोज । 
लोकतान्त्रिक समाजवादी पार्टीको प्रदेश २संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउतको सरकारले क्रियाकलाप नसुधारे कडा कदल चाल्न बाध्य हुने बताएका छन् ।
लोसपाको संसदीय दलको नेतामा सोमवार राति मात्र निर्वाचित भएका सोनलले प्रदेश २ मा आफूहरू सशक्त प्रतिपक्षिको भूमिका निर्वाह गर्ने बताए। पार्टी विभाजन पश्चात प्रदेश २ मा लोसपा प्रमुख प्रतिपक्षी दल बनेको छ।
मंगलवार सञ्चारकर्मीसँग कुराकानी गर्दै सोनलले मुख्यमन्त्री लालबाबु राउतसँग प्रष्ट दृष्टिकोण नरहेको टिप्पणी गरेका छन् । उनले यो सरकार टाइमपास मात्र गरिरहेको आरोप लगाएका छन् । उनले भने, 'यो लालबाबुको सरकारसँग मधेसको उन्नति, प्रगति, समृद्धि, संघीयतालाई संस्थागत गर्ने सवालमा कुनै प्रष्ट दृष्टिकोण छैन, प्रष्ट योजना छैन ।' 'एनिहाउ सरकार बचाउ' भन्ने जुन प्रचलन छ, त्यसै प्रक्रियामा मुख्मयन्त्री लालबाबु राउतको सरकार रहेको सोननले आरोप लगाए ।
'अहिले क्याबिनेटको बैठक बसिरहेको छैन, हाउस बन्द छ, मन्त्री–मन्त्रीमा मुद्दा चलिरहेको छ । मन्त्रीहरूलाई बस्ने क्वाटर छैन, अफिस छैन । यो सरकारसँग व्यवस्थापन गर्ने कुनै व्यवस्थापकिय दृष्टिकोण छैन' उनले भने ।
विभिन्न सञ्चारमाध्यममा प्रदेश सरकारको विभिन्न 'कर्तुतको समाचार' आए पनि त्यसका वारेमा प्रदेश सरकारको कुनै दृष्टिकोण नरहेको नेता सोनलले आरोप लगाए । यो सरकार जसरी भए पनि समय काट्ने योजनामा रहेको भन्दै त्यसरी जनताको समय खेरजान नदिने सोनलले बताए ।
असोज ३ गते संविधान दिवसको दिन लोसपाले कालो दिवस मनाइरहँदा नेता सोनलले 'उपेन्द्र यादव प्रचण्डको चेला हो' भनी अभिव्यक्ति दिएका थिए । यस सम्बन्धमा उनले आफूले सो कुरा नभनेर प्रचण्डको कुरालाई मात्र दोहोराएको बताए । 'यो कुरा त प्रचण्डजी ले भन्नु भएको हो, उपेन्द्रजी मेरो मान्छे हो । उपेन्द्र जीको जम्मै गतिविधि, डकुमेन्टसहरू, लेखाई–पढाई तलदेखि माथिसम्म प्रचण्ड जीको फोटोकपी, शिष्यको रूपमा काम गर्दै हुनुहुन्छ र यो कुरा कति पटक प्रचण्ड जीले भन्नु भएको हो कि उपेन्द्र जी मेरो मान्छे हो । मैले दोहराएको मात्र हो', उनले भने ।
तपाईँहरू प्रतिगामी हुनुहुन्छ भनेर आरोप लागिरहेको छ भन्ने प्रश्नमा उनले संसद विघटनकै आधारमा अग्रगमन र प्रतिगमण्न छुट्याउन नसकिने बताए । उनले भने, 'अहिलेको यो संसद कुनै प्रोडक्ट दिन सकेको छैन । न संसद चलिरहेको छ न कुनै कानुन बनेको छ । यस्तो संसद राखिराख्नुभन्दा लोकतन्त्रमा फ्रेस म्याण्डेटका लागि जानु लोकतान्त्रिक विधिमा यो भन्दा राम्रो के हुन्छ ?'
प्रदेश २ मा अहिले जसपा, नेपाली काङग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त सरकार छ ।

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,60,news,653,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: राउत सरकारले क्रियाकलाप नसुधारे कडा कदम चाल्छौं ः नेता सोनल
राउत सरकारले क्रियाकलाप नसुधारे कडा कदम चाल्छौं ः नेता सोनल
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjFnX70ljx75LKgIOLNG8-S3NNDzOBEgVjKqeDASkwIYwvCg8I55GnEQgPXc0ctI_Ldy7Nv2r-_ft8rbxxH8CYRGMkUYOMTtWzOuTIGl-O2IrX6mMX7m9KMBe025ui7BjFRmpAetlj-w5Ha/s320/sonal-749119.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjFnX70ljx75LKgIOLNG8-S3NNDzOBEgVjKqeDASkwIYwvCg8I55GnEQgPXc0ctI_Ldy7Nv2r-_ft8rbxxH8CYRGMkUYOMTtWzOuTIGl-O2IrX6mMX7m9KMBe025ui7BjFRmpAetlj-w5Ha/s72-c/sonal-749119.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/09/blog-post_79.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/09/blog-post_79.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content