Menu

आजको मौसम

शल्यक्रिया कक्षमा आकस्मिक विद्युत् प्रवाहको व्यवस्था नहुँदा बिरामीको ज्यान जोखिममा

Author
Trilok Khabar |
October 26, 2021
Featured

जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको शल्यक्रिया कक्षमा आकस्मिक रुपमा विद्युत् सप्लाई नभएका कारणले कुनै पनि वेला बिरामीको ज्यान जाने खतरा रहेको छ । 

प्रदेश सरकारको सबैभन्दा ठूलो अस्पतालमा भएको जेनरेटरमा विद्युत् लाइन कटेपछि अटोमेटिक रुपमा जेनरेटर सञ्चालन हुने प्रविधि जडान नभएका कारणले कुनै पनि वेलामा दुर्घटना हुने खतरा रहेको महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको वडा नंं ७ बनौलीका स्थानीयवासी एवं सञ्चारकर्मी बब्लु चौधरीले जानकारी दिनुभयो । 

आफ्नै बुहारी श्रृजना झाको रातिको समयमा शल्यक्रिया गर्दा विद्युत् लाइन काटिदा निक्कै ठूलो जोखिम भए पनि चिकित्सकको सुझबुझका कारणले ठूलो दुर्घटना टरेको बताउनु भयो । रातिको समयमा आकस्मिक रुपमा शल्यक्रिया गर्दा लाइन काटिएर दुर्घटना हुने खतरा रहेकाले तत्काल विद्युत् प्रवाहको व्यवस्थापनका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको बताउनु भयो । 

गरिब तथा विपन्न एवं मध्यम खालका बिरामीको उपचार गर्ने थलोको रुपमा रहेको प्रादेशिक अस्पतालमा ठूलो जेनरेटर पनि रहेको छ तर जेनरेटरमा विद्युत् काटिएपछि स्वतः सञ्चालन हुने प्रविधिमा नभएका कारणले समस्या देखिइएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रमोद कुमार यादवले बताउनुभयो । 

अहिले प्रादेशिक अस्पतालको प्रसूति गृहमा दैनिक रुपमा १० देखि १५ वटा शल्यक्रिया मार्फत प्रसूति हुने गरेको छ भने अन्य प्रकारको शल्यक्रिया तर्फ गरेर दैनिक रुपमा २० देखि ३० वटासम्म शल्यक्रिया हुने गरेको अस्पतालले जनाएको छ । 

खास गरेर शल्यक्रिया कक्षमा भएका पुराना ब्याट्रीहरू काम लाग्ने अवस्थामा नरहेकाले नयाँ लगाउनका लागि पनि आदेश दिइएको मेसु डा. यादवले जानकारी दिनुभयो । साथै महेन्द्र कम्पनीवाट अटोरेगुलेटर खरिदको प्रक्रिया अगाडी बढाइसकेको उहाँले जानकारी दिनुभयो । 

प्रदेश नंं २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले प्रादेशिक अस्पतालको व्यवस्थापनले आफै गर्नु पर्ने सामान्य प्रकारको काम भएको बताउँदै यस विषयमा आफूले मेसु सँग जानकारी लिने बताउनुभयो ।   



https://ift.tt/3CchYpU

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3