Menu

आजको मौसम

सभामुख घर्तीलाई उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार

Author
Trilok Khabar |
October 02, 2021

१६ असोज । लुम्बिनी प्रदेश सभाका सभामुख एवं जनवादी गीतकार एवं संगीतकार पूर्णबहादुर घर्तीमगरलाई उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ ।

जनवादी गीतसंगीतको माध्यमबाट नेपाली समाजको साँस्कृतिक एवं राजनीतिक रुपान्तरणमा पुर्‍याएकोले विशिष्ट योगदानको कदर गर्दै सभामुख एवं जनसंगीतकार घर्तीलाई पुरस्कार प्रदान गरिएको उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष केएल पीडितले जानकारी दिए ।

दाङमा पहिलोपटक आयोजना गरिएको उत्सर्ग संगीत अवार्ड २०७८ सँगै आगामी मंसिर ११ गते ताम्रपत्रसहित २५ हजार राशीको उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदान गरिने अध्यक्ष पीडितले बताइ ।

२०४६ सालदेखि शिक्षण पेशाबाट अवकाश लिई राजनीतिमा पूर्णकालीन भएका सभामुख घर्तीले जनयुद्ध भावधाराका सयौं गीत तथा कविता रचना गरेका छन् भने दर्जनौं गीतहरुमा संगीत संयोजन गरेका छन् ।

विभिन्न साँस्कृतिक समूहको नेतृत्व गर्दै तत्कालीन सामना सांस्कृतिक परिवारको केद्रीय संयोजकसमेत बनेका सभामुख एवम् जनसंगीतकार घर्तीले साँस्कृतिक सिपाहीका रुपमा जनक्रान्तिमा उच्च योगदान पुर्‍याएका छन् ।

२०६५ मंसिर २३ देखि २०६६ असारसम्म नेपाल टेलिभिजनको बोर्ड अध्यक्ष बनेका घर्ती २०७४ मंसिर २२ गतेको प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनको उम्मेदवारको रुपमा रुकुम पूर्व क्षेत्र नं. १(२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भए । २०७४ फागुन २ गते उनी लुम्बिनी प्रदेश सभाको सभामुखमा निर्वाचित भएका हुन् ।

मोहित श्रेष्ठले गाएको ‘कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन’बोलको गीत सभामुख श्रेष्ठले ने लेखेका हुन् ।



https://ift.tt/eA8V8J

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3