Menu

आजको मौसम

शक्तिपीठहरुमा आज फूलपाती भित्र्याउने काम सम्पन्न

Author
Trilok Khabar |
October 12, 2021
Featured

जनकपुरधाम  । नेपालीहरूको महान् पर्व बडादसैँ अन्तर्गत सप्तमी तिथिका दिन आज दुर्गा मन्दिर वा शक्तिपिठ एवं घरघरमा स्थापना गरिएको दशैँघरमा फूलपाती भित्र्याइएको छ ।

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको हो । 

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष सहित ९ प्रकारका वनस्पति भित्र्याइएको छ । 

जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिरमा पनि षष्ठी तिथिका दिन ल्याइएका बेल सहितका वनस्पतिहरू आजको शुभ साइतमा भित्र्याइएको छ ।  राजदेवी मन्दिरमा नेपाली सेनाको व्याण्ड, राजदेवी तथा महावीर तथा राम युवा कमिटीका पदाधकारीहरु बाजा गाँजासहित फूलपाती भित्र्याउने चलन रहेको छ । 

केरामा ब्रह्माण्डीय, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गर्ने चलन रहेको छ । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ ।

फूलपाती भित्र्याइएपछि नौ देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने पण्डितहरूले जानकारी दिनुभएको छ । 

फूलपातीदेखि सरकारी कार्यालयहरूमा पनि आजदेखि सार्वजनिक बिदा दिइएको छ । 

धनुषा जिल्लाका संस्थागत विद्यालयहरू पनि आजदेखि बन्द भएको छ । कोरोना महामारीका कारणले ढिलो गरी खुल्ला भएका विद्यालयहरू सञ्चालन गरेर कतिपय विद्यालयहरूले आज बिहानसम्म परीक्षा लिएका छन् । 



https://ift.tt/2YCOgeQ

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3