हरिकिशोर शर्मा
जीराभवानी । केही दिनदेखि परेको अविरल वर्षा र हिजो राति आएको हावाहुरीका कारण पर्सा जिल्लाको जीराभवानी गाउँपालिका वडा नम्बर २ काठमाडौंटोलमा भौतिक क्षति पुगेको छ ।
स्थानीय जंगाली मिर्दाहाको टिनले छाएको घर हावाहुरीले पूर्ण रूपमा ध्वस्त बनाएको छ। हावाहुरीले घरको टिनको छाना उडाउनुका साथै गारो समेत ढालेपछि उनी अलपत्र परेका छन् । घरभित्र रहेका पशुचौपाया (बाख्रा) समेत च्यापिएर प्रभावित भएका छन। त्यसैगरी, वर्षभरि खानका लागि थुपारेर राखिएको धानको भकारी समेत हावाहुरी र पानीका कारण पूर्ण रूपमा क्षति भई नष्ट भएको छ। घर तथा अन्नपात र पशुचौपाया समेत क्षति भएपछि पीडित मिर्दाहाको एक पीडित परिवारले बताए ।
अचानक आएको हावाहुरीले सर्वस्व गुमेपछि पीडित परिवारले तत्काल राहत र उद्धारका लागि स्थानीय सरकार, वडा कार्यालय, प्रहरी तथा सम्बद्ध निकायसँग सहयोगको गुहार लगाएका छन।
स्थानीयहरूले पीडित परिवारलाई तत्काल सुरक्षित वासस्थान र राहत सामग्री उपलब्ध गराउन प्रशासनसंग माग गरेका छन्