जनकपुरधाम । प्रत्येक वर्ष विजयादशमी, दीपावली तथा छठ पूजाको अवसर पारेर जनकपुरधाममा लाग्दै आएको दसैँ बजारमा १० करोडको कारोबार भएको अनुमान जनकपुरधाम उद्योग वाणिज्य सङ्घको गरेको छ ।
बजार मूल्य भन्दा सस्तो दरमा उपभोक्तालाई दैनिक उपभोग्य सामाग्रीहरू उपलब्ध गराउने भएकाले दसैँ बजारमा किनमेल गर्नेहरूको अत्यधिक भिड रहने गरेको छ । जनकपुरधामको गोपाल धर्मशालामा घटस्थापना देखि लागेको दसैँ बजार आज ८ बजेसम्म चल्नेछ ।
दसैँ बजारलाई सस्तो बजार पनि भनिने हुनाले यस ठाउँमा लाग्ने स्टलहरूबाट दैनिक उपभोग्य सामाग्रीहरू उपभोक्ताहरूले वर्ष भरिका लागि खरिद गरेर लानेको गरेका कारणले आर्थिक कारोबार निक्कै हुने गरेको छ ।
दसैँ बजारमा स्थानीय तथा राष्ट्रिय उत्पादनहरूको बाहुल्यता रहने गरेका कारणले कोरोनाका कारणले सुषुप्त बनेको अर्थतन्त्रलाई चलायमान बनाउने काम गरेको दसैँ बजार व्यवस्थापन समितिका अध्यक्ष एवं धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनु भयो ।
खास गरेर साबुन, सर्प, चाउँचाउँ, बिस्कुट, चियापत्ति, अगरबत्ती, प्लास्टिकका भाडा वर्तन, कपडा लत्ता, जुत्ता चप्पल, शृङ्गारका सामानहरूका गरेर १ सय ४ वटा स्टल रहेको र सबैबाट करिब १० करोडको कारोबार भएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिनु भएको छ ।
दसैँ बजार घटस्थापना अर्थात् असोज २१ गते देखि महाअष्टमी अर्थात् आज असोज २७ गतेसम्म चलेका छन् । बजारमा धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सिन्धुली, उदयपुर तथा सीमावर्ती भारतीय क्षेत्रका उपभोक्ताहरू किनमेलमा सहभागी रहेका थिए । गत वर्ष कोरोनाका कारणले बजार नलागे पनि यस वर्ष धेरैले खोप लिएका कारणले महामारी नियन्त्रणमा रहेकाले दसैँ बजार लागेको छ ।
https://ift.tt/eA8V8J
प्रतिक्रिया लेख्नुहोस्