Menu

आजको मौसम

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते विश्वासको मत लिने

Author
News Feed |
November 11, 2026
Featured

बारा, २५ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। सरकारमा सहभागी घटक दलहरूले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।

कात्तिक २८ गते दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउँदै प्रदेशसभा सचिवालयलाई पत्राचार गर्ने तयारी भइरहेको मुख्यमन्त्री यादवले जानकारी दिएका छन्।

उनले सरकार टिकाउनका लागि विभिन्न राजनीतिक दलहरूसँग छलफल जारी रहेको र विश्वासको मत लिने समयसम्म संवादलाई निरन्तरता दिने बताए। नेपाली काङ्ग्रेस नेतृत्वको मधेश प्रदेश सरकारबाट नेकपा (एमाले) का चार मन्त्रीहरूले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए। त्यसैगरी, कात्तिक २० गते नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले समेत राजीनामा दिई सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।

१०७ सदस्यीय मधेश प्रदेशसभामा स्पष्ट बहुमतका साथ सरकार सञ्चालन वा कायम राख्नका लागि कम्तीमा ५४ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्दछ। प्रदेशसभामा हाल नेपाली काङ्ग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ जना सांसद रहेका छन्। सत्तारुढ दलहरूले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आफ्नो नेतृत्वको सरकार जोगाउन राजनीतिक सक्रियता तीव्र पारेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3