Menu

आजको मौसम

सुजित मेमोरियल टी–२० : कलैया उपमहानगरपालिका वडा नं. १४ लाई चार रनले हराउँदै वडा नं. ४ सेमिफाइनलमा प्रवेश

Author
News Feed |
November 11, 2026
Featured

बारा, २५ कात्तिक । बाराको कलैया उपमहानगरपालिका–१४ भौरास्थित खेल मैदानमा स्वर्गीय युवा नेता सुजित पाण्डेको स्मृतिमा आयोजित सुजित मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो दिन बुधबार भएको दोस्रो खेलमा वडा नं. १४ लाई ४ रनले पराजित गर्दै वडा नं. ४ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको वडा नं. ४ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । टोलीका लागि निरज साहनीले सर्वाधिक ३२ रन बनाए भने राहुल साहले २६, कुमार थापाले २५ र राहुल यादवले १६ रनको योगदान दिए ।

१४६ रनको लक्ष्य पछ्याएको वडा नं. १४ ले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रन मात्रै बनाउन सक्यो । टोलीका लागि सन्देश यादवले सर्वाधिक ४८ रन बनाए भने अमजद अन्सारीले २३, मेराज खानले १४ र प्रबेज खानले १० रन बनाए ।

वडा नं. ४ का लागि कुमार थापाले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । त्यस्तै, राहुल यादव, निरज साहनी र सन्दीप शर्माले समान २–२ विकेट लिए ।

उत्कृष्ट प्रदर्शन गरेका कलैया उपमहानगरपालिका वडा नं. ४ का खेलाडी कुमार थापा म्यान अफ द म्याच घोषित भएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता इन्जिनियर सुरेन्द्र शर्माले पुरस्कार वितरण गरेका थिए । थापा मंगलबार भएको खेलमा पनि म्यान अफ द म्याच घोषित भएका थिए ।

प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई समूह ‘क’ र समूह ‘ख’ मा चार–चार टोली गरी विभाजन गरिएको आयोजक समितिका अध्यक्ष रमेश ठाकुरले जानकारी दिएका छन् ।

प्रतियोगिताको विजेता टोलीले नगद १५ हजार रुपैयाँसहित ट्रफी र मेडल तथा उपविजेता टोलीले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिताको चौथो दिन बिहीबार बिहान ८ बजेदेखि कलैया उपमहानगरपालिका वडा नं. ६ र २७ बीच तथा दिउँसो १ बजेदेखि वडा नं. ७ र ११ बीच खेल हुने अध्यक्ष ठाकुरले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3