Menu

आजको मौसम

४ वर्षपछि स्वतन्त्र उम्मेदवार विजयी भएको अदालतको फैसला

Author
Trilok Khabar |
October 24, 2021
Featured

महोत्तरी । आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा महोत्तरी मनरासिस्वा नगरपालिकामा २०७४ मा भएको स्थानीय तह निर्वाचनको वडाध्यक्षमा पदमा पराजित स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

उच्च अदालत जनकपुरधाम र सर्वोच्च अदालतले दिएको आदेश बमोजिम महोत्तरीको मनरासिस्वा नगरपालिका–१० को पुनः मतगणना हुँदा पराजित उम्मेदवार विजयी भएका हुन् । स्वतन्त्र उम्मेदवार रमेश राय २ भोटले विजयी भएका छन् ।

पुन ः मतगणना हुँदा निर्वाचित वडाध्यक्ष अरुण कुमार चौधरी २ भोटले पराजित भएका छन् । २०७४ असोजमा भएको स्थानीय तहको निर्वाचनमा दुवै जनाले बराबर २६७/२६७ मत ल्याएका थिए । त्यसबेला गोलाप्रथा गर्दा नेपाली काँग्रेसका उम्मेदवार अरुणकुमार चौधरी विजयी भएका थिए । त्यसपछि वडाध्यक्षमा पराजित रमेश राय मतगणनामा धाँधली भएको भन्दै उच्च अदालतमा मुद्दा दायर गरेका थिए । 

सर्वोच्चको आदेश अनुसार पुनः गणना हुँदा पहिला भएको गणना भन्दा फरक नतिजा आएको र स्वतन्त्र उम्मेदवार राय विजय भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले जानकारी दिनुभयो । 

पुनः गणनामा नेपाली काँग्रेसका उम्मेदवार चौधरीले २ सय ६६ र पराजित भएका रायले २ सय ६८ मत पाएको देखिएको भुजेलले बताउनुभयो ।



https://ift.tt/3GjXu0K

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3