
जनकपुरधाम । प्रदेश नंं २ सरकारमा बालबालिकाका क्षेत्रमा प्रभावकारी कामकाज गर्ने संरचनाको अभाव भएको भन्दै संरचनाको निर्माणमा जोड दिइएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्ले संयुक्त रुपमा आज जनकपुरधाममा संयुक्त राष्ट्रसङ्घमा पेश गरिने बालबालिका सम्बन्धी छैठौ तथा सातौँ मस्यौदा प्रतिवेदन माथिको छलफलमा सहभागीहरूले सो कुरा बताउनु भएको हो ।
सहभागीहरूले हिंसा पीडित बालबालिकाको संरक्षण गर्ने दायित्व प्रदेश सरकारको भएको बताउँदै बालबालिकाको क्षेत्रमा बनेको ऐन कानून पनि प्रभावकारी तरिकाले कार्यान्वयन नबनेको बताउँदै प्रभावकारी बनाउन संयन्त्रको निर्माणका लागि सुझा दिनुभयो ।
वक्ताहरूले महिला तथा बालबालिका सम्बन्धी ऐन निर्माण भए पनि त्यसको कार्यान्वयन नभएको बताउँदै बालबालिकाका लागि प्रदेश सरकारले शुरु गरेको छोरी बिमा कार्यक्रम रोकिनु चिन्ताको विषय भएको बताउनुभयो ।
अध्यक्षको आसनबाट बोल्दै प्रदेश नंं २ को महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका सचिव प्रदेश नंं २ का सरकारले नयाँ मन्त्रालय गठन गरेकाले अब बालबालिकाको क्षेत्रमा व्यवस्थित रुपमा कामकाज गर्ने शोच बनाएको बताउनुभयो ।
उहाँले प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि बालबालिकाको क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्नका लागि बजेट तथा कार्यक्रमहरू ल्याएको बताउँदै विभिन्न गैरसरकारी संस्था, स्थानीय तहहरूका बीचमा सहकार्य गरिने बताउनुभयो ।
प्रदेश नंं २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका बालबालिका महाशाखा हेर्ने प्रमुख, उपसचिव देव कुमारी खत्रीले मन्त्रालयले नीतिगत रुपमा नै बालबालिकाको क्षेत्रमा कार्यक्रम गर्ने पक्षमा चालु आर्थिक वर्ष देखि विभिन्न कार्यक्रमहरू गर्न लागेको बताउनु भयो ।
राष्ट्रिय बाल अधिकार परिषद्का शाखा प्रमुख आत्माराम थापाले नेपाल सरकारले बालबालिकाको क्षेत्रमा गरेको कानूनी, नीतिगत तथा संरचनागत कामकाजका बारेमा कार्यपत्र प्रस्तुत गर्दै सुझावका लागि आग्रह गर्नु भयो ।
प्रदेश नंं २ का बालबालिकाको क्षेत्रमा कामकाज गर्ने गैरसरकारी संस्थाहरू, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, बाल क्लबहरूका प्रतिनिधिहरू, सरकारी निकाय, नेपाल प्रहरी तथा सञ्चारकर्मी, बाल अधिकारकर्मीहरूको सहभागितामा भएको सो कार्यक्रममा परिषद्का प्रदेश नंं २ का सम्पर्क अधिकृत संजिव कुमार महतोले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।
https://ift.tt/3kSCKon
प्रतिक्रिया लेख्नुहोस्